Lumina
Jonah

Jonah Flees from God

Jonah 1·Nepali Bible

1परमप्रभु अमित्तैको छोरा योनासंग बोल्नुभयो। परमप्रभु भन्नुहुन्छ,

2“निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरुले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरुलाई ती नराम्रा कामहरु छोडिदेऊ भनी भन।”

3योनाले परमेश्वर को कुरा मानेनन्। यशैकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन र्तशिशतिर जाँदै थियो। योनाले आफ्नो यत्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरु मानिसहरुसितै र्तशिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने।

4तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो।

5मानिसहरु चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरु उठाएर समुद्रमा फ्याँकन थाले। मल्लाहरु धेरै डराएका थिए, प्रत्येक मानिसहरुले आ-आफ्नो देवताहरुलाई प्रार्थना गर्न थाले।योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए।

Jonah 1 illustration - Jonah Chapter 1

6त्यसैले जहाजका कप्तानहरु तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले हाम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।”

7अनि तिनीहरु आपस मा भन्नलागे, “कसको कारणले गर्दा यो आपद हामीमाथि आइपर्न लागेको होला त्यो चिठ्ठा हालेर हेरौं।” यसो भनेर तिनीहरुले चिठ्ठाहालेर हेरे, चिठ्ठा योनाको नाउँमा पर्यो।

8मानिसहरुले योनालाई भने, “तिम्रो कारणले गर्दा यस्तो ठुलो आपद् हामीमाथि आयो! यसकारण हामीले के गर्यौं? तिम्रो काम केहो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? अनि तिमी कुन जातिका हौ?”

9अनि योनाले मानिसहरुलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।”

10योनाले मानिसहरुसंग भने, मानिसहरुले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरु अत्यन्तै डराए। अनि मानिसहरुले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?”

Jonah 1 illustration - Jonah Chapter 1

11उता आँधी तुफान र समुद्रको छाल झन-झन बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरुले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसंग के गर्नु पर्छ?”

12योनाले मानिसहरुलाई भने, “म जान्दछु मेरो कारणले नै समुद्रमा तुफान आएको हो, यसकारण तिमीहरुले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।”

13तर मानिसहरुले योनालाई समुद्रमा फ्याँकन चाँहदैन थिए। उनीहरुले जहाजलाई किनारामा ल्याउन खुबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो।

14यसकारण, मानिलहरुले परमप्रभुलाई पुकारे, “बिन्ती छ, हे परमप्रभु बिन्ति छ, यस मानिसको ज्यानको सट्टा हामी नष्ट हुन नपरोस्, र हामी निर्दोषमाथि हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु! तपाईंलाई जस्तो इच्छा लागेको थियो, सो गर्नु भएको छ।”

15तब तिनीहरुले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो।

Jonah 1 illustration - Jonah Chapter 1

16तब ती मानिसहरुले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए।

17अनि योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे।

Chapter Complete

You have read Jonah 1

17 verses