Lumina
John

John 20

John 20·Nepali Bible

1हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुंगा हाटाइएको थियो।

2यसैले मरियम शिमोन पत्रुस र अन्य चेलाहरूकहाँ गई (जसलाई येशूले धेरै माया गर्नुहुन्थ्यो।) मरियमले तिनीहरूलाई भनिन, “तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौ तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।”

3यसकारण पत्रुस र अर्को चेला चिहानमा जानलागे।

4तिनीहरू दुवै दुगरे, तर अर्को चेला पत्रुस भन्दा छिटो दगुरे। यसैले अर्को चेला चिहानमा पहिले पुगे।

5चेलाले निहुरिएर तलतिर हेरे। तिनीहरूले सूती लुगाको टुक्राहरू मात्र त्यहाँ रहेको देखे, तिनीहरू भित्र झरेनन्।

John 20 illustration - John Chapter 20

6त्यसपछि शिमोन पत्रुस आइपुग्यो। पुत्रस चिहान भित्र गयो। उसले सूती लुगाको टुक्रा मात्र त्यहाँ रहेको देख्यो।

7उसले येशूको टाउँको बाँधिएको लुगा पनि देख्यो। त्यो लुगा पट्याएर सूतीको कपडाका टुक्रादेखि अलग्गा राखिएको थियो।

8त्यसपछि अर्को चेला पनि पस्यो। यो मानिस अघि चिहानमा पहिलो पुग्ने चेला थियो। तिनले भित्र पुगेर जे देखे त्यो विश्वास गरे।

9ती चेलाहरूले अझ बुझेका थिएनन कि धर्मशास्त्रले भनेकोछ कि येशू मृत्युबाट जागी उठ्नै पर्छ।

10त्यसपछि चेलाहरू आफ्ना घर र्फक।

John 20 illustration - John Chapter 20

11तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोई रहेकी थिइन् चिनहान भित्र हेर्नु तिनी निहुरिन्।

12मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखी । तिनीहरू जहाँ येशूको टाउँकोपट्टी र अर्को स्वर्गदूत येशूको खुट्टापट्टी बसिरहेका थिए।

13स्वर्गदूतहरूले मरियमलाई सोधे, “हे! नारी! किन रोईरहेकी छौ?”मरियमले जवाफ दिइन, “कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन।”

14मरियमले यति भनिसकेर जब र्फकिन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशू भनेर चिनिनन्।

15येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?”मरियमले उहाँलाई त्यहाँ बगैंचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लग्यौ, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यही जानेछु र उहाँलाई लानेछु।”

John 20 illustration - John Chapter 20

16येशूले उसलाई भन्नुभयो, “हे मरियम।”मरियम येशू तर्फ फर्की र यहूदी भाषामा उसलाई भनी, “रब्बोनी।” (अर्थ “हे गुरुज्यु”)

17येशूले उसलाई भन्नुभयो, “मलाई नछोऊ। म अझ् सम्म पिताकोमा गई सकेको छुइँन। तर मेरा दाज्यु-भाइहरू भएकोमा जाऊ, र तिनीहरूलाई यसो भनः ‘म मेरो पिता र तिमीहरूका पिताकहाँ फर्की जाँदैछु। म मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ फर्की जाँदैछु।”‘

18मरियम मग्दलिनी चेलाहरूकहाँ गईन् अनि उनीहरूलाई भनिन, “मैले प्रभुलाई भेटें।” अनि येशूले जे भन्नु भएको थियो ती सब भनिदिइन्।

19हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।”

20येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।

John 20 illustration - John Chapter 20

21त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसंग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।”

22यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ।”

23यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”

24थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए।

25अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास र्गदिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औलाँ त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”

John 20 illustration - John Chapter 20

26एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसंग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।”

27त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ।” मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाऊ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।”

28थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”

29येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।”

30येशूले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन।

John 20 illustration - John Chapter 20

31तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं

Chapter Complete

You have read John 20

31 verses