Lumina
Job

Eliphaz's First Speech

Job 4·Nepali Bible

1तब तेमानीका एलीपज बोले।

2“यदि मैले केही भने के तिमी रिसाउँदैनौ? जुन नभनी म रहन सक्तिनँ।

3अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ। तिमीले कमजोर हातहरूलाई बलवान बनायौ।

4तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए। तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए।

5तर अहिले तिमीमाथि कष्टहरू आए अनि तिमी हतास भयौ। कष्टले तिमीलाई छुन्छ अनि तिमी हतास हुन्छौ।

Job 4 illustration - Job Chapter 4

6तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्।

7अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।

8मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।

9परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ। परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।

10दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र र्झकिन्छन्। तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।

Job 4 illustration - Job Chapter 4

11हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन जसले शिकार मार्नलाई भेट्दैनन्। तिनीहरू मर्छन अनि तिनीहरूका डम्मरूहरू छरपष्ट हुन्छन्।

12गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो। मेरो कानहरूले त्यसका कानेखुसी पक्रिए।

13मेरो रातको सपनाहरू बीचमा मानिसहरू निद्रामा हुन्छन्,

14म त्रासित भएँ, अनि कामें। मेरो सबै हाडहरू कामे।

15एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो। मेरा शरीरको रौं ठाडो भए।

Job 4 illustration - Job Chapter 4

16त्यो आत्मा त्यहाँ उभियो, तर त्यो के थियो मैले देख्न सकिनँ। एउटा आकार मेरो आँखाको सामने उभियो, अनि त्यहाँ चकमन्न भयो, तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें:

17एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन। मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन।

18हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।

19यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।

20मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन। तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।

Job 4 illustration - Job Chapter 4

21यदि तिनीहरूको पालको डोरी तानियो भने मर्ने कारण थाहा नपाई तिनीहरू मर्ने छैनन् र?’

Chapter Complete

You have read Job 4

21 verses