Lumina
Job

Eliphaz's Third Speech

Job 22·Nepali Bible

1तेमानीबाट आएका एलीपजले जवाफ दिए;

2“के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।

3यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।

4अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो? के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”

5होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो। अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।

Job 22 illustration - Job Chapter 22

6हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।

7हुन सक्छ तिमीले ती थकित र भोकोहरूलाई पानी र भोजन दिएनौ।

8अय्यूब, तिमीसंग खेती गर्ने थुप्रै जमीनहरू छन्। अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।

9हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।

10यसकारण तिम्रो वरिपरि पासै-पासो छन् अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।

Job 22 illustration - Job Chapter 22

11यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।

12परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ। हेर ताराहरू कतिमाथि छन्। परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।

13तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ? के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?

14बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ, यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’

15अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।

Job 22 illustration - Job Chapter 22

16ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।

17ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’

18उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो। अहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।

19धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खुशी हुनेछन। निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।

20‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए। आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’

Job 22 illustration - Job Chapter 22

21अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।

22उहाँबाट शिक्षा ल्याऊ। उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।

23अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।

24सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन अति उत्तम सुन खोलाका ससाना ढुङ्गाहरू जस्ता।

25अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।

Job 22 illustration - Job Chapter 22

26तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।

27तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ। अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।

28यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।

29परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।

30तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किन? किनभने तिमी एकदमै पवित्र हुनेछौ।”

Chapter Complete

You have read Job 22

30 verses