Lumina
Job

Job's Suffering Intensifies

Job 2·Nepali Bible

1अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो।

2परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”शैतानले जवाफ दियो, “म पृथ्वी वरिपरि घुमरहेको थिएँ।”

3तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई कतै देखिस्? अय्यूब जस्तो यस पृथ्वीमा अन्य कोही मानिस छैन। अय्यूब एक असल र ईमान्दारी मानिस हो। उसले परमेश्वरको आराधना गर्दछ र अशिष्ट कुराहरू गर्न देखि टाढा बस्छ। तैंले मलाई उसित भएको प्रत्येक चीज कुनै कारण बिनै ध्वंश पार्ने सुझाव दिएता पनि अझ उसले सही काम नै गर्छ।”

4शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई!” एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ।

5यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।”

Job 2 illustration - Job Chapter 2

6यसकारण परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूब तिम्रो अधीनमा छ। तर उसलाई मार्ने अनुमति भने तँलाई छैन।”

7तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो।

8यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले।

9अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति इमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!”

10अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले संकटहरू पनि ग्रहण गर्नपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरूद्ध बोलेनन्।

Job 2 illustration - Job Chapter 2

11अय्यूबका तीनजना साथीहरू थिए। तेमानीका एलीपज, बिल्ददबाट शुही अनि नमातीबाट सोपर। ती तीनजना साथीहरूले अय्यूबमाथि जो आपतहरू घटेका थिए ती सबै सुने। तिनीहरूले आफ्ना घरहरू छाडे अनि एक-अर्कालाई भेटे। आफ्ना सहानुभूति देखाउनु र सान्त्वना दिनका लागि अय्यूबलाई तिनीहरूले एक साथ भेट्न राजी भए।

12जब तिनीहरूले अय्यूबलाई टाढाबाट देखे, तिनी अय्यूब नै थिए भन्ने निश्चय भएन तिनी अर्कै देखिन्थे। तिनीहरू चिच्याउँदै रून थाले। आफ्ना दुःख र उदासीनता देखाउनका लागि तिनीहरूले आफ्ना लुगाहरू च्याते, धूलोमैलो टाउकोमाथि हावामा उडाए।

13तब ती तीनजना साथीहरू अय्यूबसँग सात दिन सात रातसम्म भूईंमा बसे। तिनीहरू कसैले पनि अय्यूबलाई एक शब्द पनि भनेनन् किनभने तिनीहरूले अय्यूबलाई सही नसक्ने पीडाले ग्रस्त पारेको बुझे।

Chapter Complete

You have read Job 2

13 verses