Lumina
Job

Bildad's Second Speech

Job 18·Nepali Bible

1तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः

2“अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ।

3किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?

4अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?

5हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।

Job 18 illustration - Job Chapter 18

6उसको घरको प्रकाश अन्धयारो हुनेछ। उसको छेउको बत्ती पनि निभ्ने छ।

7उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्। उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।

8उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ।

9पासोले उसको एढी पक्रने छ। पासोले उसलाई कस्सेर समात्ने छ।

10भूँईमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ। पासोले उसको बाटो पर्खनेछ।

Job 18 illustration - Job Chapter 18

11आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।

12भोकले उसको शक्ति दुर्बल पार्छ। जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।

13डरलाग्दो रोगले उसको छाला खाई दिनेछ। त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।

14दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ। उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।

15उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।

Job 18 illustration - Job Chapter 18

16उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।

17पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।

18मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।

19उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।

20पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।

Job 18 illustration - Job Chapter 18

21त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ। त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”

Chapter Complete

You have read Job 18

21 verses