Lumina
Job

Eliphaz's Second Speech

Job 15·Nepali Bible

1त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः

2“अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तिगत विचारहरूले जवाफ दिने थिएनौ। तिमी किन आफैलाई तातो हावाले भराई रहन्छौ?

3के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ।

4अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन।

5जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ। अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ।

Job 15 illustration - Job Chapter 15

6म तिमी गल्ती छौ भनेर प्रमाण गर्न खोज्दिन। किन? तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ। तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ।

7अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ? तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?

8के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ? के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ?

9अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ

10केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्। हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।

Job 15 illustration - Job Chapter 15

11परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ तर त्यति मात्र तिमीलाई प्रशस्त छैन हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ।

12अय्यूब, तिमी किन बुझ्दैनौ? किन हामी सत्य देख्दैनौ?

13जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ तिमी परमेश्वरको विरूद्धमा छौ।

14मानिस साच्चै नै निर्दोष हुन सक्तैन। मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।

15परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।

Job 15 illustration - Job Chapter 15

16मानिस अत्यन्तै निम्न हुन्छ। मानिस मैलो र भ्रष्ट छ। उसले अधर्म पानी सरह पिउँछ।

17मेरो कुरा ध्यान दिएर सुन अय्यूब, अनि म यो तिमीलाई व्याख्या गर्नेछु। मैले के बुझे त्यही तिमीलाई भन्नेछु।

18म तिमीलाई ती कुराहरू भन्नेछु, जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन् ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले ती कुराहरू तिनीहरूलाई भनेका हुन्।

19तिनीहरू मात्र आफ्ना देशमा बस्थे। त्यहाँ कुनै विदेशीहरू बसोवास गर्न पाउँदैनथे यसकारण तिनीहरूलाई कसैले नौलो विचारहरू भनेन्।

20दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ। निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।

Job 15 illustration - Job Chapter 15

21प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ, शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ।

22दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन। त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।

23रोटीको खोजीमा “त्यो कहाँ छ” भनी यता उता घुमिरहन्छ। उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।

24चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ। राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।

25किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।

Job 15 illustration - Job Chapter 15

26त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ। उसले मोटो बलियो ढालसंग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ।

27उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ।

28तर उसको शहर ध्वंश हुनेछ, उसको घर ध्वंश हुनेछ, उसको घर रित्तो हुनेछ।

29दुष्ट मानिस सधैंलाई धनी भई रहँदैन। उसको सम्पत्ति सँधैलाई रहँदैन उसको अन्नबालि सबै उम्रिन्दैन।

30ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन। उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ। अनि बतासले सबै उडाई लैजाईनेछ।

Job 15 illustration - Job Chapter 15

31दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ। किन? किनभने उसले केही पनि पाउँने छैन।

32उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ। उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।

33त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ जसले पाक्न अघिनै दाख गुमाउँछ। त्यो मानिस भद्राक्षेको रूख जस्तै हुनेछ जसले आफ्नो कोपिलाहरू गुमाउँछ।

34किन? किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन। मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ।

35दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”

Chapter Complete

You have read Job 15

35 verses