Lumina
Job

Zophar's First Speech

Job 11·Nepali Bible

1तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,

2“यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।

3अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?

4अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’

5अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।

Job 11 illustration - Job Chapter 11

6परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।

7अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।

8माथि स्वर्गमा के छ त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ मृत्युलोकको बारेमा तिमीले केही पनि जान्दैनौ।

9परमेश्वर पृथ्वी भन्दा महान अनि सागर भन्दा विशाल हुनु हुन्छ।

10यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने, कसैले उहाँलाई रोक्न सक्तैन।

Job 11 illustration - Job Chapter 11

11साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।

12जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन् एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।

13तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।

14तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ। तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।

15तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ। तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।

Job 11 illustration - Job Chapter 11

16तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ। तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।

17जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ, जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।

18तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।

19तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।

20नराम्रा मानिसहरूले सहयोग खोज्लान, तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्, तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”

Chapter Complete

You have read Job 11

20 verses