Lumina
Jeremiah

Judgment on Egypt

Jeremiah 46·Nepali Bible

1ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।

2यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार वर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश हो

3“तिम्रो ठूलो र सानो ढालहरू तैयार पार। युद्धको लागि अघि बढ।

4घोडाहरू तैयार पार सिपाहीहरू आफ्नो घोडाहरूमाथि चढे युद्धभूमिमा जाऊ। लडाइँको टोपहरू लगाऊ। भालाहरू तीखो पार झिलम लगाऊ।

5मैले के देखें? सिपाहीहरू भयभीत छन् अनि भागिरहेका छन्। ती वीर सेनाहरू परास्त भइरहेका छन्। पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्। त्यहाँ वरिपरि त्रास छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

Jeremiah 46 illustration - Jeremiah Chapter 46

6फुर्तीला धाक्कहरू पनि भाग्न सक्तैनन्। बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्। तिनीहरू सबै ठेस लागेर लडने छन्। उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।

7नील नदी जस्तै को आइरहेछ? को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ?

8यो मिश्र हो जो नील नदी झैं आइरहेछ। यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ। मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु। म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’

9हे घोड-सवारी सिपाहीहरू, अघिबढ! हे रथ हाँक्नेहरू, चाँडो हाँक! हे वीर सिपाहीहरू, अघि बढ! कूश र पूटबाट आएका सिपाहीहरू, जो आफ्ना ढालहरू बोक। लूदबाट आएका सिपाहीहरू धनु समाल।

10तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ। त्यो बद्ला लिने दिन हुनेछ। तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ। तिनीहरूको रगतले तरवार भरिनेछ। यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक, सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।

Jeremiah 46 illustration - Jeremiah Chapter 46

11हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ। अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्। तिमी निको हुने छैनौ।

12तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्। तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ। एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ अनि दुवै एकैचोटी लडछन्।”

13यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

14“यो सन्देश मिश्र, मिग्दोल, मेमफिस र तहपन्हेसमा घोषणा गरेर यसो भन्, ‘युद्धको लागि तैयार हौ किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’

15तिम्रो गोरू किन फ्याँकिएको छ? त्यो कि उभिन सक्तैन? किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।

Jeremiah 46 illustration - Jeremiah Chapter 46

16धेरै सिपाहीहरू ठोक्किनेछन् अनि लडनेछन्। तब तिनीहरू परस्परमा भन्नेछन्, ‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊँ। हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा टाढो आफ्ना देशमा फर्कौ। हामी भाग्नै पर्छ किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’

17मिश्रको राजा फिरऊनलाई ‘चर्को हल्ला जसले आफ्नो नाउँमा बोलाऊ मौका गुमायो।”‘

18जास्तो म जीवित छु। राजा भन्छन्- यो राजाको नाउँ हो सेनाहरूका परमप्रभु आउनु हुनेछ। उनी याबेर पर्वत अनि समुद्रको किनारको कर्मेल पर्वत जस्तै महान हुनेछ।”

19हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर दासत्वको लागि तैयार हौं, किनभने मेमफिस शहर ध्वंस हुनेछ, जन शून्य बेकामे भूमि हुनेछ।

20मिश्र एउटी सुन्दरी गाई जस्तै हो, तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ।

Jeremiah 46 illustration - Jeremiah Chapter 46

21मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू छन् झैं तिनीहरू सबै पीठ फर्काएर भागे। तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्। तिनीहरूको नाशको समय आईरहेछ। तिनीहरू दण्डित हुनेछन्।

22मिश्र साँपको झैं आवाज गर्दै सुल्किरहेको छ किनभने उसको शत्रुहरू तेजले आएकाछन्। शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।”

23परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले उसको जंगल बाक्लो भए पनि फाँडनेछन्। शत्रुका सेनाहरू सलह झैं छन् अनि कसैले गन्न सक्तैन।

24मिश्रकी छोरी लज्जित हुनेछ। उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”

25सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु।

Jeremiah 46 illustration - Jeremiah Chapter 46

26म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”“यस ध्वंस पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

27“हे याकूब, मेरो दास! नडराऊ। हे इस्राएल, होतोत्साही नबन। म तिमीहरू र तिम्रो नानीहरूलाई ती सुदूर र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु। याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।”

28परमप्रभु भन्नुहुन्छ, “हे याकूब, मेरो दास! नडराऊ। म तिमीसँग छु। मैले तिमीलाई जहाँ पठाएको थिए ती जाति-जातिहरू सबै ध्वंस पार्नेछु। तर म तिमीलाई पूर्णरूपले ध्वंस गर्ने छैन। आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”

Chapter Complete

You have read Jeremiah 46

28 verses