Lumina
Jeremiah

Gedaliah Murdered

Jeremiah 41·Nepali Bible

1सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे।

2जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए।

3इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे।

4गदल्याहको हत्या भए पछि त्यही दिन। कसैले यस विषयमा चाल पाउन अघि नै आफै दाह्री काटेका अनि लुगाहरू च्यातेका अनि तिनीहरू आफै काटिएकाहरू अन्नबलिहरू, अनि धूपहरू लिएर परमप्रभुको मन्दिरमा पूजा गर्न 80 जना मानिसहरू मिस्पामा आए।

5तिनीहरू शेकेम, शीलो र सामरियाबाट आएका थिए। ती कुनै पनि मानिसहरूलाई गदल्याहको हत्या भएको तिनीहरूलाई थाहा थिएन।

Jeremiah 41 illustration - Jeremiah Chapter 41

6इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने।

7तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए।

8तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्।

9नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिञ्जेलसम्म फ्याँके। त्यो ठूलो इनार राजा आसाले इस्राएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।

10इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।

Jeremiah 41 illustration - Jeremiah Chapter 41

11कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याइँको बारेमा सुने।

12यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लडन लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दहनेर नजिकै भेटे।

13कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए।

14यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्पाबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए।

15तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।

Jeremiah 41 illustration - Jeremiah Chapter 41

16यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।

17योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए।

18बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले।

Chapter Complete

You have read Jeremiah 41

18 verses