Lumina
Jeremiah

Jerusalem Falls

Jeremiah 39·Nepali Bible

1यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेराव हाले।

2अनि सिदकियाह राजा भएको एघारौं वर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो।

3बाबेलका राजाका जम्मै भारद्वारहरू भित्र आए अनि मध्य प्रवेशद्वारमा बसे। ती त्यहाँ आउने अधिकारीहरूको नाउँ यस प्रकार छ, नेर्गल-सरेसेर, समगरनबो, मुख्य अधिकारी र्ससकीम, रब-सारीस, उच्च अधिकारी नेर्गल-सरेसर, रबमाग र अन्य मुख्य अधिकारीहरू पनि थिए।

4यहूदाका राजा सिदकियाहले बाबेलका अधिकारीहरूलाई देखे। यसकारण उनी आफ्ना सिपाहीहरू सहित राजाको बगैंचाको फाटकबाट राती भागे अनि दुइ पर्खालको बीच भएर यरूशलेम शहरबाट बाहिर आए। तिनीहरू अराबा तिर लगे।

5कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्‌दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

Jeremiah 39 illustration - Jeremiah Chapter 39

6रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।

7तब नबूकदनेस्सरले सिदकियाहको आँखा निकालिदिए र उसलाई बाबेलमा ल्याउन साङ्गलाले बाँधे।

8बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए।

9नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।

10तर कप्तान नबूजरदानले यहूदाका गरीब मानिसहरू ज-जसको यहूदा देशमा केही थिएन तिनीहरूलाई छोडिदिए। यसर्थ उनले ती मानिसहरूलाई दाखबारी र खेतहरू दिए।

Jeremiah 39 illustration - Jeremiah Chapter 39

11तर नबूकदनेस्सरले यर्मियाको बारेमा नबूजरदानलाई केही आज्ञा दिए। नबूजरदान नबूकदनेस्सरका खास रक्षकहरूको कप्तान थिए। आदेश यही थियो

12“यर्मियालाई लैजाऊ र उसको हेरचाह गर। उसलाई नोक्सान नपार। उसले जे माग्छ देऊ।”

13यसर्थ राजाका विशेष रक्षकहरूका कप्तान नबूजरदानले नबु-शजबान, रब-सारीस, रब-माग, समगरनबो, मुख्य अधिकारी सर्सकीम, नेर्गलसरसेर र सबै मुख्य अधिकारीहरू अनि बाबेल सेनाका हाकिमहरूलाई यर्मियाकहाँ पठाए।

14तिनीहरूले यर्मियालाई प्रहारीको चोक बाहिर निकाले। बाबेल सेनाका हाकिमहरूले यर्मियालाई अहीकामको छोरो अनि शापानको नाति गदल्याहको देखरेखमा राखे। गदल्याहलाई दिइएको आदेश अनुसार यर्मियालाई घर लग्यो, यसर्थ उनी आफ्ना मानिसहरूसंगै बसे।

15मन्दिरको चोकमा जब प्रहारीहरूले यर्मियाहलाई देखरेख गरिरहेका थिए। परमप्रभुबाट तिनलाई एउटा सन्देश आयो। यो सन्देश यसप्रकार थियो

Jeremiah 39 illustration - Jeremiah Chapter 39

16“यर्मिया तिमी कूशी मानिस एबेदमेलेककहाँ जाऊ र यो सन्देश भन ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँचो भएको देख्नेछौ।

17तर म त्यस् दिन तिमीलाई जोगाउने छु, एबेदमेलेक।’ यो परमप्रभुको सन्देश हो। ‘जुन मानिसहरूसित तिमी डराउँछौ म तिमीलाई ती मानिसहरूसँग सुम्पने छैन्।

18तिमी तरवारले मारिने छैनौ। म तिम्रो रक्षा गर्छु। तिमीले ममाथि भरोसा गरेकाले तिमीले तिम्रो जीवन युद्ध पारितोषक रूपमा पाउनेछौ।”‘ यो सन्देश परमप्रभुको हो।

Chapter Complete

You have read Jeremiah 39

18 verses