Lumina
Jeremiah

Jeremiah in the Dungeon

Jeremiah 38·Nepali Bible

1कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो शपत्याह, पशहूरको छोरो गदल्याह, शेलेम्याहको छोरो यूकल अनि मल्कियाहको छोरो पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने,

2“कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’

3अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।”

4तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”

5यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”

Jeremiah 38 illustration - Jeremiah Chapter 38

6त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।

7तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।

8राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने,

9मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”

10तब राजा सिदकियाहले कूशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”

Jeremiah 38 illustration - Jeremiah Chapter 38

11यसकारण एबेदमेलेकले आफूसँग तीनजना मानिसहरू लगेर गए। तर सर्व प्रथम उनी राजदरबारको भण्डार तर्फ गए अनि तिनले त्यहाँबाट पुराना र च्यातिएका लुगाहरू लगे। त्यसपछि डोरीमा ती थोत्रे लुगाहरू बाँधेर इनारमाभित्र यर्मियातिर झारिदिए।

12कूशवासी एबेदमेलेकले यर्मियालाई भने, “यी पुराना लुगाहरू आफ्नो काखीमा चेप। जब डोरीद्वारा तिमीलाई माथि तानिने छ तिम्रो काखीमा यसले पैडको काम गर्नेछ। अनि तानिन्दा डोरीहरूले तिम्रो काखीमा चोट पार्नेछैन।” यसकारण यर्मियाले एबेदमेलेकले भने जस्तै गरे

13ती मानिसहरूले डोरीहरूद्वारा यर्मियालाई तानेर पानीको इनारबाट बाहिर निकाले। अनि यर्मिया प्रहारीहरूको चोकमा बसे।

14तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेस्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।”

15यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मार्नु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिएँ भने पनि सुन्नु हुने छैन।”

Jeremiah 38 illustration - Jeremiah Chapter 38

16तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।”

17तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।

18तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।”‘

19तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।”

20तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, “परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ।

Jeremiah 38 illustration - Jeremiah Chapter 38

21तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएको त्यो हुनेछ।

22सारा स्त्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्त्रीहरूले भन्ने छन्,“तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए अनि तिमीलाई जितेकाछन्। तिम्रो खुट्टा हिलोमा भास्सियो अनि तिमीलाई तिनीहरूले एक्लै छोडेर गए।”

23“तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”

24तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीच कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ।

25ती अधिकारीहरूले मैले तिमी सँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यौ सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन नत्र तिमीलाई हामी मार्ने छौ।’

Jeremiah 38 illustration - Jeremiah Chapter 38

26यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन् ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नफकाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।”‘

27तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्।

28यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।

Chapter Complete

You have read Jeremiah 38

28 verses