Lumina
Jeremiah

The New Covenant

Jeremiah 31·Nepali Bible

1परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”

2परमप्रभु भन्नुहुन्छ “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन् तिनीहरूले मरूभूमिमा पनि विश्राम पाउँनेछन् अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”

3टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।

4हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”

5तिमीहरूले दाखरसको खेती फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ। जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।

Jeremiah 31 illustration - Jeremiah Chapter 31

6त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’ एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”

7परमप्रभु भन्नुहुन्छ “आनन्दित हौ अनि याकूबका निम्ति गाऊ। इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर। प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ ‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन् तिनीहरूलाई सुरक्षा गर्नु होस्।’

8हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन् अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै धेरै मानिसहरू फर्की आउनेछन्।

9तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।

10हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन यो सन्देश समुद्र उता सुदूर भूमिहरूमा फिजाऊ, ‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ र भेडा गोठालाले आफ्नो भेडा बथानहरू सुरक्षा गरे झैं सुरक्षी गर्नुहुनेछ।’

Jeremiah 31 illustration - Jeremiah Chapter 31

11परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।

12इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।

13तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाच्नेछन्। अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्। म तिनीहरूका उदासीपनलाई र्हष र अनन्दामा परिवर्त्तन गरिदिन्छु। म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।

14म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।” परमप्रभु भन्नुहुन्छ।

15परमप्रभु भन्नुहुन्छ “रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन राहेललाई सान्त्वना दिनु सकिदैन किनभने उनका नानीहरू मरेका छन्।”

Jeremiah 31 illustration - Jeremiah Chapter 31

16तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर र आफ्ना आँखाहरू आँसुले नभर। किनभने तिम्रो काम फलवन्त हुनेछ। तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्।

17तिमीहरूको आशा छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।

18मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।

19परमप्रभु, “म तपाईं देखि भडकिएर टाढा भएँ। तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ। यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा म लज्जित र व्याकुल भएँ।”‘

20परमप्रभु भन्नुहुन्छ, “तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो, म त्यो बालकलाई विशेष प्रेम गर्छु हो, मैले प्राय एप्रैमलाई निन्दा गरें, तर म अझ उसैको बारेमा सोच्दछु म उसलाई साँच्चै माया गर्छु। अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”

Jeremiah 31 illustration - Jeremiah Chapter 31

21“बाटो देखाउने चिन्हहरू र दिशा निर्देशकहरू ठीक गर। घरतिर डोर्याउने बाटोमा चिन्ह लगाऊ। बाटो नियाल। आफूले छाडेका बाटे याद गर। हे कन्ये इस्राएल, घर फर्क। आफ्ना शहरहरू तिर फर्केर आऊ।

22हे अविश्वासी छोरी, कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ?” “परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछ।”

23सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’

24मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेडाका बथानहरूसित वरिपरि घुमिहिडछन्।

25थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”

Jeremiah 31 illustration - Jeremiah Chapter 31

26यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।

27“हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु।

28बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न च्यात-च्युत पार्न ध्वंस पार्न र नोक्सान गर्न नियाले। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउन म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

29“ती दिनहरूमा, ती दिनहरूमा मानिसहरूले भन्ने छैननपिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए अनि नानीहरूले अमीलो स्वाद पाए।

30तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”

Jeremiah 31 illustration - Jeremiah Chapter 31

31परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग गरेर नयाँ करार स्थापित गर्नेछु।

32यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भंग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।

33“म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।

34तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”

35परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”

Jeremiah 31 illustration - Jeremiah Chapter 31

36परमप्रभुले यी कुराहरू भन्नुहुन्छ “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोकनेछन्।”

37परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घटन सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने। त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो।

38यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ।

39जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोआ नाउँका ठाउँसम्म जानेछ।

40समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू-किद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”

Chapter Complete

You have read Jeremiah 31

40 verses