Lumina
Jeremiah

Letter to the Exiles

Jeremiah 29·Nepali Bible

1अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए।

2यो पत्र राजा यहोयाकीन, राजमाता, नपुंसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।

3यहूदाका राजा सिदकियाहले शापानका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो।

4सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यरूशलेम देखि बाबेल सम्म कैद भएका ती मानिसहरूलाई यी कुराहरू भन्नु भएको थियो

5“घरहरू बनाऊ र त्यसमा बस्। बारीहरू बनाऊ र बिरूवाहरू रोप र फलहरू खाऊ।

Jeremiah 29 illustration - Jeremiah Chapter 29

6विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ।

7शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।”

8सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रहरू गर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ।

9तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ।

10परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी वर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु।

Jeremiah 29 illustration - Jeremiah Chapter 29

11म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।

12त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।

13तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ।

14म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।”

15तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।”

Jeremiah 29 illustration - Jeremiah Chapter 29

16तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएनन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु।

17सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरूद्ध पठाउँदैछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहेका नेभाराहरू जस्ता बनाउने छु।

18म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्दनेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु।

19यरूशलेममा बस्ने ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नदिंदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति घटाउन लगाएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू घरिघरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो।

20“तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”

Jeremiah 29 illustration - Jeremiah Chapter 29

21सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्।

22सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’

23ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झूटो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफै साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन।

24नेहेलामबाट शमायाहलाई तिमीले भन्नु पर्छ।

25सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमीले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिट्ठी पठाएका छौ तिमीले मासेयाहको छोरो सपन्याहलाई चिट्ठीहरू पठायौ। तिमीले बाँकी सबै पूजाहारीहरूलाई पनि चिट्ठीहरू पठायौ।

Jeremiah 29 illustration - Jeremiah Chapter 29

26शमायाह, तिमीले सपन्याहलाई चिट्ठीमा भनेकाछौ, ‘सपन्याह, परमेश्वरले तिमीलाई यहोयादाको ठाउँमा पूजाहारी बनाएका छौ। तिमीले परमप्रभुको मन्दिरको परिदर्शन गर्नु पर्छ अनि जसले पागल झैं कर्म गर्छ र अगमवाणी दिन्छ त्यसता कुनै पनि मानिसलाई पक्रनु पर्छ। तिमीले त्यसलाई ठिँगुरोमा ठोक्नु पर्छ र उसको घिच्रोमा साङ्गलोले बाँध्नु पर्छ।

27अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमी किन नपक्रने?

28यर्मियाले यसो भन्दै यो समाचार हामीलाई बाबेलमा पठाएका थिए, “तिमीहरू बाबेलमा धेरै समय सम्म बस्नेछौ। यसकारण घरहरू बनाऊ र त्यही बस्। जमीन कमाऊ र त्यसका उब्जनी खाऊ।

29पूजाहारी सपन्याह पूजाहारीले यर्मियालाई पत्र पढेर सुनाए।

30तब परमेश्वरबाट यर्मिया कहाँ वचन आई पुग्यो

Jeremiah 29 illustration - Jeremiah Chapter 29

31“यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ ‘यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो।

32यसकारण परमप्रभु भन्नुहुन्छ “म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।”‘आशाका वचनहरू

Chapter Complete

You have read Jeremiah 29

32 verses