Lumina
Jeremiah

Judgment on Wicked Kings

Jeremiah 22·Nepali Bible

1परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहूदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर

2‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहूदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू।

3परमप्रभु भन्नुहुन्छ निष्पक्ष र धार्मिक हौ। अत्याचारमा पारेकाहरूलाई अत्याचारीबाट रक्षा गर। विदेशमा जन्मेका नागरिकहरू टुहुरा-टुहुरी अथवा विधवाहरूमाथि नराम्रो नगर। निर्दोष मानिसहरूलाई नमार।

4यदि तिमीहरूले आज्ञा पालन गर्यौ भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बस्नेछन्।

5यदि तिमीहरूले ती आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ म आफ्नै नाउँमा शपथ लिन्छु म यो राजमहल ध्वंस पार्नेछु।”‘

Jeremiah 22 illustration - Jeremiah Chapter 22

6यसैले परमप्रभु यहूदाको राजाको राजमहलको विषयमा भन्नुहुन्छ“तँ ता मेरो निम्ति गिलादको जंगल र लबानोनको पहाड जस्तै छस्। तर म तँलाई मरूभूमिमा परिणत गरिदिन्छु। कोही बसो-बास गर्ने नभएको शहर झैं तँलाई म उजाड बनाइदिन्छु।

7म राजदरबार ध्वंस गर्नलाई हतियार सहित मानिस पठाउने छु। ती ध्वंसकहरूले तेरा देवदारको रूखहरू काट्नेछन् र आगोमा फ्याँकनेछन्।

8“धेरै राज्यका मानिसहरू यही शहर भएर जानेछन्। तिनीहरूले एकार्कामा सोध्नेछन्, ‘किन परमप्रभुले त्यस्तो डरलाग्दो कुरा यरूशलेम प्रति गर्नुभयो? यरूशलेम त्यस्तो महान शहर थियो।’

9त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम ध्वंस पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित रहेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।”‘

10मरेको राजाको लागि नरूनु। उसको लागि विलाप नगर्नु, बरू त्यो राजाको लागि रूनु जसले यो ठाउँ नै छोडन बाध्य भएको छ। उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन्। ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन।

Jeremiah 22 illustration - Jeremiah Chapter 22

11यही कुरा शल्लूम (यहोआहाज) योशियाहको छोराको विषयमा परमप्रभु भन्नुहुन्छ। शल्लूम योशियाह राजाको मृत्यु पछि यहूदाका राजा भए। “यहोआहाज यरूशलेमबाट निस्की टाढा गए। उनी यरूशलेम फेरि कहिल्यै फर्की आउँदैनन्।

12यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ मिश्रावासीले उनलाई लगेर गए। उनले यो देश फेरि हेर्ने छैनन्।”

13हाय त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।

14उसले भन्छ, “आफ्नो लागि म एउटा ठूलो महल बनाउनेछु। मेरो माथिल्लो तलामा ठूल-ठूला कोठाहरू हुनेछन्।” उसले देवदारूका पल्लाले झ्यालहरू बनाउँछ रातो रंग लाउँछ।

15देवदारूले बनाएको तिम्रो विशाल महलले तिमीलाई महान राजा बनाउदैन। तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए। उनले के ठीक र निष्पक्ष थियो त्यही गरे। यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।

Jeremiah 22 illustration - Jeremiah Chapter 22

16तिनले गरीब र असाहय मानिसहरूलाई मद्दत गरे। यसकारण प्रत्येक कुरा तिनको लागि राम्रै भयो। ‘मलाई चिन्नु नै यसको अर्थ हो।’

17तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्नाचूर पार्न मात्र चिन्ता गर्छौ।

18यसर्थ परमप्रभुले योशियाहका छोरो राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दुखीत छु।’ भनी तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दुखी छु।’

19यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफ्नाउनेछन्। तिमीहरूले उसको टाउको र शरीर तान्नेछन् अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।

20“यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ। बाशान क्षेत्रमा जोडले कराऊ। अबारीमको पर्वतहरूमा चिच्याऊ किनभने तिम्रो ‘प्रेमीहरूलाई’ ध्वंश पारिनेछ।

Jeremiah 22 illustration - Jeremiah Chapter 22

21हे यहूदा, तिमीले आफै सुरक्षित विचार गर्यौ। तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ। तर तिमीले भन्यौ, “म ध्यान दिदिन्।” तिमीले त्यही जीवन शैली अप्नायौ जुन तिम्रो युवावस्थालमा थियो। तिम्रो युवावस्थालदेखि नै तिमीले मलाई मान्न अस्वीकार गर्यौ।

22हे यहूदा! तिम्रा भेडा गोठालाहरूलाई बतासले उडाई लानेछ। तिम्रा प्रेमीहरू कैदी बनिनेछन। तिमीलाई अपमान गरिनेछ र पक्कै पनि तिम्रा दोषपूण कर्महरूले तिमीलाई लज्जित पार्नेछ।

23हे लबानोनका बासिन्दा जो देवदारूहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”

24“जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ।

25यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ।

Jeremiah 22 illustration - Jeremiah Chapter 22

26म तिमी र तिम्रो आमालाई अर्को देशमा फ्याँकिदिने छु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ।

27तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।”

28के कोन्याहकसैले आफलको फुटेको भाँडा जस्तो हो जसलाई कसैले मन पराउँदैन? किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए? किन तिनीहरू नजानेको देशमा फ्याँकिए?

29ए देश, ए देश! परमप्रभुको सन्देश ध्यान दिएर सुन्।

30परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख ‘उ एकजना मानिस हो जसको कुनै नानीहरू छैन। यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन। अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन। कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।”‘

Chapter Complete

You have read Jeremiah 22

30 verses