Lumina
Jeremiah

Idols and the True God

Jeremiah 10·Nepali Bible

1हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन।

2परमप्रभुले यही भन्नुहुन्छ“अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबाँच्। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।

3अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्। तिनीहरू जंगलमा रूख काट्छन् शिल्पीकारले आफ्नो बञ्चरोले आकारमा बनाँउछ।

4तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाँउछन्। तब तिनीहरूले मार्तोलहरू र काँटीहरू मूर्तिहरू अडाउनलाई प्रयोग गर्छन् ताकि ती मूर्तिहरू तल नझरोस्।

5मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्। तिनीहरू बोल्दैनन्। तिनीहरूलाई बोक्न पर्छ किनभने तिनीहरू हिंड्न सक्तैनन्। तिनीहरूलाई आदर नगर! तिनीहरूले नोक्सान अथवा सहायता गर्नु सक्तैन।”

Jeremiah 10 illustration - Jeremiah Chapter 10

6हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन! तपाईं महान हुनुहुन्छ अनि तपाईंको नाउँ महान र शक्तिशाली छ।

7हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ। तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ। तपाईं सम्मानको योग्य हुनुहुन्छ। अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन् तर तपाईं समान कोही पनि ज्ञानी छैन।

8अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्। तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।

9तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी अनि उपज देशबाट सुन ल्याउछन्। मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन् र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्। निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्।

10तर परमप्रभु चाँहि साँचो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनु हुन्छ। परमेश्वरको रीसमा पृथ्वी काम्छ अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।

Jeremiah 10 illustration - Jeremiah Chapter 10

11परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘

12परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो अनि उहाँले आफ्नो समझ द्वारा आकाशलाई फैलाउनुभयो।

13उहाँको वचनको आवाजले आकाशमा पानी गर्जन्छ। पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ। उहाँले वर्षा सित बिजुली ल्याउनु हुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।

14मानिसहरू एकदमै मूर्ख छन्। मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए। ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन। तिनीहरूमा जीवन हुँदैन।

15ती मूर्तिहरू महत्वहीन हुन्। तिनीहरू केवल खिसीका पात्र हुन्। न्यायको समयमा ती मूर्तिहरू सड्नेछन्।

Jeremiah 10 illustration - Jeremiah Chapter 10

16तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।

17घेरामा परेका तिमी मानिसहरू, प्रत्येक चीज पोको पार अनि जानलाई तत्पर हौ।

18परमप्रभु भन्नुहुन्छ “यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु। म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु ताकि तिनीहरूलाई पक्राइनेछ।”

19धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ। म साह्रै घाइते छु यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो जसको लागि म पीडित हुनै पर्छ।”

20मेरो पाल भत्काइयो। सारा डोरीहरू चुँडाइयो। मेरा छोराछोरीहरूले मलाई त्यागे। तिनीहरू गए। मेरो पाल फैलाउन अथवा पालको पर्दा उठाउन यहाँ केही पनि छैन।

Jeremiah 10 illustration - Jeremiah Chapter 10

21गोठालाहरू मूर्ख छन् अनि परमप्रभु खोज्ने प्रयास गर्दैनन्। यसकारण तिनीहरू सफल भएनन् यसकारण तिनीहरूका बथानहरू तितर-बितर भए अनि हराए।

22सुन्! एउटा ठूलो कोलाहल्ला सुन। हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरूभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।

23हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन। एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।

24हे परमप्रभु! निष्पक्ष भएर हामीलाई सुधार्नुहोस्। क्रोधमा हामीलाई सजाय नदिनुहोस् नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।

25तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन् अनि ती मानिसहरूमाथि पोखाउनु होस् ज-जसले तपाईंको नाउँ लिदैनन्। ती जातिहरूले याकूबको परिवारलाई ध्वंस पारे। तिनीहरूले इस्राएललाई पूर्णरूपले ध्वंस पारे। तिनीहरूले इस्राएलको देश ध्वंस पारे।

Chapter Complete

You have read Jeremiah 10

25 verses