Lumina
James

James 1

James 1·Nepali Bible

1परमेश्वर अनि परमप्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादनपरमेश्वरको सम्पूर्ण मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएका छन् अभिवादन!

2मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।

3किन? किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ।

4तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

5तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उदार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।

James 1 illustration - James Chapter 1

6तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।

7व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुई भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन।

8 त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।

9यदि विश्वासी निर्धन भए उ र्गवित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ।

10यदि विश्वासी धनी भए उ र्गवित हुनुपर्छ किनभने उ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ।

James 1 illustration - James Chapter 1

11सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।

12त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

13यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन।

14एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फसाउँछ।

15दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढछ, यसले मृत्यु जन्माउँछ।

James 1 illustration - James Chapter 1

16मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन।

17सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।

18सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

19मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।

20एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन।

James 1 illustration - James Chapter 1

21यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ।

22परमेश्वरको शिक्षा अनुसरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।

23यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुसरण गर्दैन भने उ यस्तो हुन्छ उ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ।

24यो मान्छेले उ आफैलाई देख्छ, त्यस पछि जान्छ अनि उ के देखिएको थियो सो झट्टै बिर्सिहाल्छ।

25तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।

James 1 illustration - James Chapter 1

26कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन।

27पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।

Chapter Complete

You have read James 1

27 verses