Lumina
Isaiah

Israel's Idolatry Condemned

Isaiah 57·Nepali Bible

1धर्मी मानिसहरू गइसकेकाछन् तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि धर्मी मानिसहरू भेला गरिएकोछ।

2तर ती मानिसहरूमा शान्ति आउनेछ अनि तिनीहरू आफ्नौ ओछ्‌यानमा आराम गर्नेछन्। किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।

3“बोक्सीहरूका छोरा-छोरीहरू, तिमीहरू यता आऊ। तिम्रो पिता व्यभिचारका दोषी छन्। अनि तिम्रा आमाले शारीरिक सहवासको निम्ति आफ्नो शरीर बेच्छे।

4तिमीहरू पापी र झूटो बेस्ने नानीहरू हौ। तिमीहरूले मसँग ठट्टा गर्यौ। तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो। तिमीहरूले जिब्रो देखाउँदै मलाई खिसी गर्यौ। तिमीहरू विप्लवीका नानीहरू हौ।

5तिमीहरू सबै हरियो रूख मनि झूटा देवताहरू पूज्न चाहन्छौ। तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।

Isaiah 57 illustration - Isaiah Chapter 57

6तिमीहरू नदीहरूमा चिल्लो ढुङ्गाहरू पूज्न मन पराउँछौ। तिमीहरू दाखमदद्य चढाएर तिनीहरूलाई पूज्छौ। तिमीहरू तिनीहरूलाई बलि चढाउँछौ। तर तिमीहरूले ढुङ्गाहरू मात्र पाउनेछौ। के तिमीहरू सोच्छौ ती कुराहरूले मलाई खुशी पार्छ? अहँ! तिनीहरूले मलाई खुशी पार्दैनन्। तिनीहरू प्रत्येक पहाडी अनि अग्लो ठाउँमा आफ्नो ओछ्यान लगाउँछौ।

7तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ र ती ठाँहरूमा बलि चढाउँछौ।

8तब तिमीहरूले ती विछ्यौनाहरू बीचमा जान्छौ र ती देवताहरूलाई प्रेम गरेर मेरो विरूद्ध पाप गर्छौ। तिमीहरूले ती देवताहरूलाई प्रेम गर्छौ, तिमीहरू तिनीहरूका नाङ्गो शरीरहरू हेरेर खुशी हुन्छौ। तिमीहरू मसँग थियौ, तर तिनीहरूले मलाई त्याग्यौ तिनीहरूका हुनको लागि मलाई सम्झन सहयोग पुर्याउने कुराहरू तिमीहरूले लुकायौ। तिमीहरूले ती कुराहरू ढोका र चौखटहरू पछाडी लुकायौ। त्यसपछि तिमीहरू गयौ र ती झूटा देवताहरूसँग करार बाँध्यौ।

9तिमीहरूले आफ्नो झूटा देवता मोलक अघि सुन्दर देखिनलाई आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ। तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ, तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।

10“तिमीहरूले ती कामहरू गर्नेलाई पूरा परिश्रम गर्यौ अनि कहिल्यै थाकेनौ। तिमीहरूले अतिरिक्त बल प्राप्त गर्यौ, किनभने तिमीहरू निराश र थकित भएनौ।

Isaiah 57 illustration - Isaiah Chapter 57

11तिमीहरूले मलाई सम्झना गरेनौ। तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ। यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ? कससँग डराएका थियौ? किन झूट बोल्यौ? हेर, म लामो समयदेखि चुपचाप छु अनि तिमीहरूले मलाई सम्मान गरेनौ।

12म तिमीहरूका असल कार्यहरू बारेमा अनि सम्पूर्ण धार्मिकताका बारेमा बोल्न सक्थें, तर ती सबै निरर्थक हुन्छन्।

13जब तिमीहरूलाई सहायताको खाँचो पर्यो तिमीहरूले ती झूटा देवताहरूलाई गुहार मग्‌यौ जुन मूर्तिहरू तिमीहरूले आफ्ना वरिपरि भेला गरेका थियौ। तिनीहरूलाई त्यही मूर्तिहरूले सघाओस्। तर म तिमीहरूलाई भन्छु बतासले तिनीहरू सबैलाई उडाई लैजानेछ। बतासको एक वेगले तिनीहरूलाई उडाई लैजानेछ। तर त्यो मानिस जो ममाथि आश्रित छ त्यसले त्यो जमीन पाउनेछ, त्यो म वचन दिन्छु। त्यस मानिसले मेरो पवित्र पर्वत पाउनेछ।

14बाटो शुद्ध पार, बाटो शुद्ध पार! मेरा मानिसहरूका लागि बाटो शुद्ध पार।

15परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”

Isaiah 57 illustration - Isaiah Chapter 57

16म सर्वदा लडाइँ गर्ने छैन्। म सँधै नै क्रोधित भई रहन्न। यदि म लगातर क्रोधित भई रहें भने मैले प्रदान गरेका मानिसहरूका आत्माहरू मेरो समक्ष मर्नेछन्।

17ती मानिसहरूले पाप काम गरे अनि त्यसैले मलाई क्रोधित बनाए। यसैले मैले इस्राएललाई दण्ड दिएँ, उबाट मैले मुख फर्काएँ किनभने म रिसाएको थिएँ। अनि इस्राएलले मलाई त्यागेर गयो, उसले जता इच्छा गर्यो उतै गयो।

18इस्राएल कहाँ गयो, मैले देखें। यसकारण मैले उसलाई क्षमा दिएँ। मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने। त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्।

19तिनीहरूलाई मैले एक नयाँ वचन सिकाए ‘शान्ति’ मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु म ती मानिसहरूलाई क्षमा दिनेछु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

20तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्। तिनीहरू शान्त र चुपचाप बस्न सक्तैनन्। तिनीहरू क्रोधित छन छाल उठेका समुद्र जस्ता त्यसले हिलो माटोहरू उछिटाउँछ। मेरा परमेश्वर भन्नुहुन्छ,

Isaiah 57 illustration - Isaiah Chapter 57

21“दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”

Chapter Complete

You have read Isaiah 57

21 verses