Lumina
Isaiah

Stubborn Israel

Isaiah 48·Nepali Bible

1परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैले आफूलाई इस्राएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।”

2हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।

3“जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ। मैले ती कुराहरूको बारेमा भनेको थिएँ। अनि मैले तिनीहरूलाई अचानक हुने बनाएँ।

4मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदम अटेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।

5यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ। मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिनीहरूको बारेमा भनेको थिएँ। मैले यो गरें ताकि तिमीले भन्नु नपरोस, ‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’ मैले यस्तो गरें भनी तिमीले भन्नु नपरोस, ‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन भन्ने कुरा बतायो।”‘

Isaiah 48 illustration - Isaiah Chapter 48

6“तिमीले के भयो भनेर ती घट्नाहरू देख्यौ र सुन्यौ। यसैले तिमीले अन्य मानिसहरूलाई यी खबरहरू भन्नु पर्नेछ। अब म तिमीलाई नयाँ समाचारहरू बारे बताउनेछु ती कुराहरू अझ सम्म तिमी जान्दैनौ।

7“यी कुराहरू ती होइनन् जो अघिनै घटिसकेका थिए। यी ती कुराहरू हुन जुन अहिले भइरहेकाछन्। आज भन्दा पहिले तिमीले ती कुराहरू जानेको थिएनौ यसैकारण तिमीले भन्न सक्तैनौ, ‘हामीले पहिल्यै जानेका थियौं भनेर।’

8“तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ। केही पनि सिकेनौ। मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ। म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरूद्ध उठ्नेछौ। तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरूद्धमा आन्दोलन गर्यौ।

9“तर, म धैर्यवान हुनेछु। म यो आफ्नैलागि गर्नेछु। तैपनि मलाई नरिसाएको देखेर मानिसहरूले मेरो प्रशंसा गर्नेछन्। किनभने मैले तिमीलाई नाश गरिन।

10“हेर, म तिमीलाई शुद्ध पार्नेछु। मानिसहरूले शुद्ध चाँदी बनाउनु तातो आगो प्रयोग गर्दछन्। तर म तिमीलाई कष्टहरू दिएर शुद्ध पार्नेछु।

Isaiah 48 illustration - Isaiah Chapter 48

11“यो म स्वयंकोलागि गर्नेछु। तिमीले मलाई त्यस्तो व्यवहार गर्नेछैनौ, मानौ म मुख्य होइन, म मेरो महिमा र प्रशंसा कुनै झूटा देवताहरूलाई लैजान दिने होइन्।

12“हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्। इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु। यसैले मलाई ध्यान दिएर सुन्। म आदि हुँ र म अन्त हुँ।

13“मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ। मेरो दाहिने हातले आकाश बनाएँ अनि यदि मैले तिनीहरूलाई बोलाएँ भने तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्।

14“तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अहँ।” त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।

15परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, म उसलाई बोलाउनेछु अनि म उसलाई ल्याउँनेछु। म उसलाई सफल तुल्याउनेछु।

Isaiah 48 illustration - Isaiah Chapter 48

16यहाँ आऊ र मलाई ध्यान दिएर सुन्। म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो अनि आदिदेखि नै, मैले स्पष्ट रूपले बोले, यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।”त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ।

17परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ, “म तिम्रो परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ। म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ।

18यदि तिमीले मेरो कुरा मानेको भए तिमीहरूकहाँ पूर्ण रूपमा बगीरहेको पानी सरह शान्ति आउने थियो। असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह तिमीहरूकहाँ आउने थियो।

19यदि तिमीहरूले मेरो कुराहरू मानेको भए तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियौ। तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए। यदि तिमीले मेरा आज्ञा पालन गरेको भए, तिमीहरू नाश हुने नै थिएनौ।” तिमीहरू लगातार मसँग नै हुने थियौ।”

20मेरा मानिसहरू बाबेल त्याग। मेरा मानिसहरू, कल्दीहरूबाट भाग। आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन्। यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ। मानिसहरूलाई भन, “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।

Isaiah 48 illustration - Isaiah Chapter 48

21परमप्रभुले मरूभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो, अनि तिनीहरू कहिल्यै तिर्खाएनन्। किन? किनभने आफ्ना मानिसहरूका निम्ति चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो। उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।”

22तर परमप्रभुले फेरि भन्नुभयो, “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”

Chapter Complete

You have read Isaiah 48

22 verses