Lumina
Isaiah

Fall of Babylon

Isaiah 47·Nepali Bible

1“हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस। कल्दीहरूकी कन्ये छोरी,भूईंमा बस। तिमी अहिले शासक होइनौ। मानिसहरू सोच्ने छैनन्, कि तिमी एकजना सुन्दरी, कोमल, सुकुमारी हौ।

2अब तिमीले कठिन परिश्रम गर्नुपर्छ। तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ तिम्रो घुम्टो हटाऊ अनि तिम्रो सुन्दर पोषाकहरू खोल। तिमीले तिम्रो देश छोडनु पर्नेछ। तिम्रा फरियाहरू उठाऊ जबसम्म मानिसहरूले खुट्टाहरू देख्न सक्तैनन, अनि नदीहरूपार गर।

3मानिसहरूले तिम्रा गुप्त अंगहरू हेर्नेछन् अनि तिम्रो लाज हेर्नेछन्। तिमीले गरेको सबै दुष्टकर्मको बद्ला म चुकाउनेछु। अनि कोही पनि तिमीलाई सघाउन आउने छैनन्।

4“मेरा मानिसहरू भन्छन्, “परमेश्वरले हामीलाई बचाउनु हुन्छ। उहाँको नाउँ हो सेनाहरूका परमप्रभु, इस्राएलका परमपवित्र हुनुहुन्छ।”‘

5“यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ। कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ। किन? किनभने अब तिमी राज्यहरूकी रानी रहने छैनौ।”

Isaiah 47 illustration - Isaiah Chapter 47

6“म मेरो मानिसहरूसित क्रोधित थिएँ, ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ, यसकारण मैले तिनीहरूलाई प्रमुख बनाइँन। मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियौ। तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ। तिमीले बूढा-पाकहरूलाई पनि कठिन काम गर्न लगायौ।

7तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु। म सधैं नै रानी हुनेछु।’ तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ। तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।

8यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन! तिमी सुरक्षित अनुभव गर र आफैलाई भन, ‘म मात्र प्रमुख मानिस हुँ। म जस्तो प्रमुख अन्य कोही पनि छैन्। म कहिल्यै पनि विधवा हुने छैन्। मसँग सँधै नानीहरू हुनेछन्।’

9यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्। पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ। अनि त्यसपछि तिमीले आफ्नो लोग्ने गुमाउनेछौ। हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्। अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउँनेछैन।

10तिमीले दुष्ट कर्महरू गर्यौ, तर अझ तिमी सुरक्षित अनुभव गर्छौ। तिमीले आफूले आफूलाई मात्र सोच्छौ, ‘मैले गरेको दुष्ट कामहरू कसैले पनि देख्दैन्।’ तिमी सोच्छौ कि तिम्रो विवेक र बुद्धिले तिमीलाई बचाउने छ। तिमी आफैलाई सोच्छौ ‘म मात्र हुँ म जस्तो अरू कोही मुख्य छैन्।’

Isaiah 47 illustration - Isaiah Chapter 47

11“तर कष्टहरू तिमीमाथि आइलाग्नेछ। तिमी जान्दैनौ यो कहिले घट्ने छ? तर विपत्ति आइरहेछ। तिमी ती कष्टहरूलाई रोक्न केही पनि गर्न सक्नेछैनौ। तर तिमी जान्दैनौ कि के भयो भनेर तिमी चाँडै ध्वंश हुनेछौ।

12तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।

13तिमीसँग धेरैजना सल्लाहकारहरू छन्, के तिमी तिनीहरूका सल्लाहरूबाट थकित भयौ? तब तिम्रा ज्योतिषीहरू पठाऊ ताकि ताराहरू पढुन्। तिनीहरूले तिमीलाई महीना कहिले शुरू हुन्छ बताउन सकुन्। यसकारण हुन सक्छ तिनीहरूले तिमीलाई कष्टहरू कहिले आउन सक्छ भनेर बताउन सकुन्।

14“तर ती मानिसहरूले आफैलाई सम्म बचाउन सक्तैन। तिनीहरू पराल जस्तो जल्नेछन्। तिनीहरू यति चाँडो जल्नेछन कि कसैलाई तातो पार्न कोइला सम्म रहने छैन।

15त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ। जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाडनेछन्। प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन् अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”

Chapter Complete

You have read Isaiah 47

15 verses