Lumina
Isaiah

Judgment of the Nations

Isaiah 34·Nepali Bible

1सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ।

2परमप्रभु ती सारा जातिहरू र आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। परमप्रभुले ती सबैलाई नाश गर्नु हुनेछ। उहाँ नै तिनीहरूका मृत्युको कारण हुनुहुनेछ।

3तिनीहरूका मारिएकाहरू बाहिर फ्याँकिने छन्। तिनीहरूका लाशहरूबाट नराम्रा दुर्गन्धहरू आउनेछ, अनि रगतहरू पर्वततिर झर्दै बग्नेछ।

4आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्।

5परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्‌पत् हुन्छ।”हेर! परमप्रभुको तरवारले एदोमलाई काटनेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।

Isaiah 34 illustration - Isaiah Chapter 34

6किन? किनभने परमप्रभुलाई भेडा र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ।

7यसकारण भेडाहरू, गोरूहरू, बाछाहरू र भैंसीहरू मारिनेछन्। जमीन तिनीहरूको रगतले भरिने छ। फोहर-मैला पनि तिनीहरूका बोसोले छोपिनेछ।

8ती कुराहरू हुने नै छन्, किनभने परमप्रभुले दण्ड दिने समय निर्णय गरिसक्नु भयो। परमप्रभुले वर्ष पनि चुनिसक्नु भयो। मानिसहरूले सियोनले गरेका कामहरूको परिणाम भोग्नु नै पर्नेछ।

9एदोमका नदीहरू अलकत्रा जस्तो तातो हुनेछ। एदोमको धूलो जलिरहेको गन्धक जस्तो हुनेछ।

10दिन-रात आगो बलिनैरहनेछ। कसैले पनि त्यो आगो थाम्न सक्तैन। एदोमबाट धूवाँ निरन्तर निस्कानेछ। त्यो ठाउँ सदा सर्वदाको लागि ध्वंस हुनेछ। कोही पनि त्यस ठाउँबाट कहिल्यै यात्रा गर्न सक्ने छैनन्।

Isaiah 34 illustration - Isaiah Chapter 34

11चराहरू र पशुहरूका आफ्नै ठाउँ हुनेछ। लाटाकोसेरोहरू, उल्लुहरू र कागहरू त्यहाँ बस्ने छ। त्यो ठाउँलाई “रित्तो मरूभूमि” भनिनेछ।

12त्यस ठाउँका असल नागरिकहरू र अगुवाहरू सबै गई सके। अनि त्यहाँ शासन गर्नलाई केही पनि छाडिएको छैन।

13ती सुन्दर घरहरूमा काँढाहरू र वन-झारहरू उम्रिनेछ। जङ्गली कुकुरहरू र लाटकोसेरोहरू ती घरहरूमा बस्ने छन्। जङ्गली पशुहरूले त्यहाँ बासस्थान बनाउनेछन्। ठूला-ठूला चराहरू त्यहाँ उम्रेका घाँसहरूमा बस्नेछन्।

14जङ्गली बिरालोहरू त्यहाँ ब्वाँसोहरूसँग बस्ने छन्। अनि जङ्गली बाख्राहरूले आफ्ना साथीहरूलाई बोलाउनेछन्। रातका पशुहरूले त्यस ठाउँको हेरचाह गर्दै त्यहाँ विश्राम गर्ने ठाउँ पाउँनेछ।

15सर्पहरूले त्यहाँ आफ्नो बासस्थान बनाउने छन्। सर्पहरूले कालो ठाउँहरूमा अण्डाहरू पार्नेछन्। अण्डाहरू फुटेर त्यहाँबाट स-साना सर्पहरू घस्रिँदै निस्कनेछन्। चराहरू जसले मरेका चीजहरू खान्छन् आइमाईहरू आफ्ना साथीहरूसँग भेट्न आए जस्तै भेला हुनेछन्।

Isaiah 34 illustration - Isaiah Chapter 34

16परमप्रभुको पुस्तकमा हेर! पढ, त्यहाँ के लेखिएको छ। केही पनि हराएको छैन्। यो पुस्तकमा लेखिएको छ कि ती पशुहरू भेला हुनेछन्। परमेश्वरले भन्नुभयो उहाँले तिनीहरूलाई त्यहाँ एकै साथ भेला गर्नुहुनेछ। यसकारण परमेश्वरको आत्मा तिनीहरूसँग मिल्नेछ।

17तिनीहरूलाई के गर्नु पर्ने परमेश्वरले निर्णय गर्नुहुनेछ। तब परमेश्वरले तिनीहरूको निम्ति ठाउँ तयार पार्नुहुनेछ। परमेश्वरले धर्का कोरेर तिनीहरूलाई आफ्नो ठाउँ देखाई दिनुहुनेछ। यसैले पशुहरूले आफ्नो ठाउँ बनाउने छन्। तिनीहरू त्यहाँ सधैंका लागि बस्नेछन्।

Chapter Complete

You have read Isaiah 34

17 verses