Lumina
Isaiah

Trust in God, Not Egypt

Isaiah 31·Nepali Bible

1मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।

2तर, उहाँ परमप्रभु हुनुहुन्छ जो ज्ञानी हुनुहुन्छ। अनि परमप्रभुले नै उनीहरूका विरूद्ध कष्ट ल्याइदिनु हुन्छ। मानिसहरूले परमप्रभुको आज्ञालाई परिवर्तन गर्न सक्तैनन्। परमप्रभु उठनु हुनेछ र दुष्ट मानिसहरूका विरूद्ध लडनु हुनेछ। अनि परमप्रभु ती मानिसहरूका विरूद्ध लडनु हुनेछ जसले दुष्ट मानिसहरूलाई सघाउन सहायता गर्छन्।

3मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउँनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहाने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरू-सँगै नाश हुनेछन्।

4परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेऊमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि ठूलो सिंहलाई डर देखाउन सक्तैन्। सिंह यदि मानिसहरू आएर कराए पनि डराउँदैन्। मानिसहरू ठूलो स्वरमा कराए पनि सिंह भाग्दैन।”यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाइँ गर्नु हुनेछ।

5चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।

Isaiah 31 illustration - Isaiah Chapter 31

6इस्राएलका नानीहरूले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउनै पर्नेछ।

7तब मात्र मानिसहरू ती सुन र चाँदीले बनिएका मूर्तिहरू पूज्न छाडनेछन्। तिमीहरूले ती मूर्तिहरू बनाएर साँच्चि नै पाप कमायौ।

8यो साँचो हो अश्शूर तरवारले पराजित हुने नै छ। तर त्यो तरवार मानिसको तरवार हुने छैन्। अश्शूर परमप्रभुको तरवारदेखि भागि जाने छ। तर युवकहरूलाई समातेर नोकर बनाइने छ।

9तिनीहरूका सुरक्षाको ठाउँ ध्वंस हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छाडेर भाग्नेछन्।परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।

Chapter Complete

You have read Isaiah 31

9 verses