Lumina
Isaiah

Woe to Ephraim

Isaiah 28·Nepali Bible

1सामरियालाई हेर! एप्रैमका मतवालाहरूले त्यस शहरको घमण्ड गर्छन्। त्यो शहर वरिपरि भञ्ज्याङ भएको पहाडमा अवस्थित छ। सामरियाका मानिसहरूले त्यो शहरलाई। फूलहरूको मुकुट जस्तै सुन्दर सम्झन्छन्। तर तिनीहरू दाखरस पिएर मस्त छन्। अनि यो “सुन्दर मुकुट” ओइलाउदै गएको विरूवा भइरहेछ।

2हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ। त्यो मानिस यस देशमा असिनाका ढिका र आँधी बेह्री झैं आउने छ। उ तूफान जस्तो भएर यो देशभित्र आउने छ। उ शक्तिशाली नदीको पानी सरह बाढी भएर यो देशमा आउनेछ। उसले मुकुट भूईंमा फालि दिनेछ।

3एप्रैमका मातेका मानिसहरू आफ्नो “सुन्दर मुकुट” को गर्व गर्नेछन्। तर शहर कुल्चिमिल्चि पारिनेछ।

4त्यो शहर पहाडमा अवस्थित छ। सुन्दर घाटीहरूले यसलाई घेरेको छ। अनि फूलहरूको त्यो सुन्दर मुकुट ओइलिंदै गएको बोट जस्तो हो। यो ग्रीष्मको पहिलो नेभारा जस्तो हुनेछ। जब एकजना मानिसले नेभार देख्छ, उसले त्यसलाई टिप्छ अनि खान्छ।

5त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ।

Isaiah 28 illustration - Isaiah Chapter 28

6तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाइँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ।

7अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्।

8जब तिनीहरू सपना देख्छन् अगमवक्ताहरू मातेका हुन्छन्। निणर्य लिदाँ न्यायधीशहरू मातेको हुन्छन्।

9परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालखै जस्त छन्। तिनीहरू भने केही क्षण अघिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्।

10यसकारण परमप्रभु तिनीहरूसँग नानीहरूसँग बोले जस्तै बोल्नुहुन्छ,“सौ लासौ सौ लासौ,काव लाकाव काव लाकाव,जेईर शाम जेईर शाम“

Isaiah 28 illustration - Isaiah Chapter 28

11परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।

12अतितमा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो,‘‘यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो।‘‘तर मानिसहरूले परमेश्वरको कुरा प्रति ध्यनै दिएनन्।

13यसर्थ परमेश्वर द्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ, आदेश यहाँ छ, आदेश त्यहाँ छ।“सौ लासौ सौ लासौ,काव लाकाव काव लाकाव,जेईर शाम जेईर शाम”तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछौटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।

14तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ।

15तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”

Isaiah 28 illustration - Isaiah Chapter 28

16ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।

17“मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।“दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंश गर्न आइरहेछ।

18मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन।“कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ।

19त्यो मानिस आएर तिमीहरूलाई लगेर जानेछ। तिमीहरूलाई भयानक दण्ड हुनेछ। तिमीहरूकहाँ दण्ड बिहानै आउनेछ अनि राती सम्म रहिरनेछ।

20“त्यसपछि मात्र तिमीहरूले यो कथा बुझ्नेछौ एक जना मानिसले एउटा ओछ्यानमा सुत्ने प्रयास गर्यो जुन उसकोलागि एकदमै छोटो थियो। अनि ऊसँग एउटा कम्बल त थियो तर त्यसले पुरै ढाकिंदै थियो। ओछ्यान र कम्बल बेकामको भयो, अनि त्यस्तै प्रकारले तिमीहरूका सम्झौताहरू पनि बेकामको भयो।”

Isaiah 28 illustration - Isaiah Chapter 28

21परमप्रभु पराजीम पर्वतमा जस्तै युद्ध गर्नु हुनेछ। उहाँ गिबोनको बेंसीमा भए जस्तै क्रोधित हुनु हुनेछ। तब परमप्रभुले ती कुराहरू गर्नु हुने नै छ, परमप्रभुले केही अद्भुत कामहरू गर्नुहुनेछ। तर उहाँले आफ्नो काम सिद्ध्याउनु नै हुनेछ। उहाँका कार्यहरू अनौठो कार्यहरू हुन्।

22अब तिमीहरूले ती चीजहरूको विरूद्धमा लडाइँ गर्नु नै हुँदैन्। यदि गर्यौ भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ।मैले सुनेका शब्दहरू बद्लिने छैन। ती शब्दहरू सेनाहरूका परमप्रभुबाट आएका हुन् जो सारा पृथ्वीका शासक हुनुहुन्छ। अनि ती कुराहरू हुने नै छन्।

23मैले तिमीहरूलाई भनिरहेका सन्देश अत्यन्त ध्यान दिएर सुन्।

24के किसानले सारा समय खेत जोतिरहन्छ? होइन! के पूरै समय त्यसले माटो फुटाउने काम गर्छ? होइन!

25किसान पहिला खेत तयार गर्दछ र बिऊ छर्दछ। किसानले बिऊहरू धेरै प्रकारले रोप्ने गर्दछ। किसान मसलाका बिऊहरू छर्दछ। जीराका बिऊहरू माटोमा छर्दछ। गहुँ लहर पार्दै रोप्दछ। किसान खास जग्गामा जौ रोप्दछ, अनि गहुँका बिऊ खेतमा छर्ने गर्दछ।

Isaiah 28 illustration - Isaiah Chapter 28

26हाम्रा परमेश्वरले उसलाई शिक्षा दिनु यो प्रयोग गर्नुहुनेछ। किनभने परमेश्वरले उसलाई दिशा-निर्देश दिनुहुन्छ अनि सही बाटो देखाउनु हुन्छ।

27के किसानले रोपेका बिऊहरू फुटाउनलाई काटाँहरू प्रयोग गर्छ? अहँ! एक किसानले जीराको बिऊहरू गोड्नलाई चारचक्के गोरूगाडी चलाउँछ? होइन! किसान ती अन्नहरूको एउटा फुटाउनलाई एक सानो लौरो चलाउनेछ।

28जब एकजना स्त्रीले रोटी पकाउँछे, उसले पीठोको स-साना डल्लाहरू बनाउँछे अनि आफ्नो हातले थिच्दछे। अन्न लगातार दिइदैन, किनभने गाडाको चक्काले तिनीहरूलाई नष्ट पार्छ अनि दाउने कार्य शेष हुन्छ।

29यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्ची नै ज्ञानी हुनुहुन्छ।

Chapter Complete

You have read Isaiah 28

29 verses