Lumina
Genesis

The Flood

Genesis 6·Nepali Bible

1पृथ्वीमा जब मानिसहरुको संख्या बढदै गयो, तिनीहरुले कन्याहरुलाई जन्म दिए।

2परमेश्वरका छोराहरुले ती मानव कन्याहरुलाई मन पराए। यसकारण परमेश्वरका छोराहरुले आफूले रोजेका केही कन्याहरुलाई विवाह गरे।

3तब परमेश्वरले भन्नुभयो,“तिनीहरु मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। 3तिनीहरुको आयु केवल 120 वर्षसम्म मात्र हुने छ।”

4यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।

5परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरुमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरुले मनमा जे चिताउँद थिए सँधै विचारहरु नै दुष्टपूर्ण हुन्थ्यो।

Genesis 6 illustration - Genesis Chapter 6

6अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।

7तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरुलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरु अनि आकाशमा उड्ने चराहरु जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”

8तर न्‌हले परमप्रभुलाई खुशी तुल्याए।

9यो नूहको पारिवारीक इतिहास हो। न्‌ह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। न्‌हले सँधैं परमेश्वरको अनुसरण गर्द थिए।

10नूहका तीन छोराहरु शेम, हाम र येपेत नाउँ भएका थिए।

Genesis 6 illustration - Genesis Chapter 6

11परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरुले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए।

12परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरुले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।

13तब परमेश्वरले न्‌हलाई भन्नुभयो, “मानिसहरुको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरुलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरु सबैलाई म झट्टै नष्ट पार्नेछु।

14तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरु बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

15“त्यो जहाज 300 हात लामो, 50 हात चौडा र 30 हात अल्गो बनाउनु र

Genesis 6 illustration - Genesis Chapter 6

16त्यसमा छाना लगाउनु। जब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिले, दोस्रो र तेस्रो तला बनाउनु।

17“मेरो भागमा म यस धर्तीका सबै प्राणीहरुको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरु मर्नेछन्।

18तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरु, पत्नी, अनि बुहारीहरु लानु।

19अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरु सबै भाले-पोथीको जोडी होस् र तिनीहरु पनि तिमीहरुसितै बाँचिरहुन्।

20जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरु त्यहाँ तिमीहरुसित रहनेछन्।

Genesis 6 illustration - Genesis Chapter 6

21अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरुका निम्ति भोजन हुनेछ।”

22परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।

Chapter Complete

You have read Genesis 6

22 verses