Lumina
Genesis

The Generations of Adam

Genesis 5·Nepali Bible

1आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिकोसृष्टि गर्नुभयो।

2परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुई रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो तिनीहरुलाई आशिष दिनु भयो अनि तिनीहरुलाई “मानिस” भन्नुभयो।

3जब आदम 130 वर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो।

4सेतको जन्म भएपछि आदम अझ 800 वर्ष सम्म जीवित रहे अनि उनको अरु पनि छोरा-छोरीहरु भए।

5आदम 930 वर्षसम्म बाँचे र मरे।

Genesis 5 illustration - Genesis Chapter 5

6जब सेत 105 वर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे।

7एनोश जन्मेपछि सेत 807 वर्षसम्म जीवित रहे र यो समयमा सेतका अरु छोरा-छोरीहरु जन्मे।

8यसर्थ सेत जम्मा 912 वर्षसम्म बाँचे र मरे।

9एनोशको उमेर 90 वर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो।

10केनान जन्मेपछि एनोश 815 वर्ष सम्म बाँचे। यो समयमा एनोशका अरु छोरा-छोरीहरु पनि जन्मे

Genesis 5 illustration - Genesis Chapter 5

11यसर्थ एनोश जम्म 905 वर्ष बाँचे र मरे।

12केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।

13महलेलले जन्म लिएपछि केनान 840 वर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरुले पनि जन्म लिए

14यसर्थ केनान 910 वर्ष सम्म बाँचे र मरे।

15जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।

Genesis 5 illustration - Genesis Chapter 5

16येरेद जन्मेपछि महलेल 830 वर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरु जन्मे।

17यसर्थ महलेल जम्मा 895 वर्ष सम्म बाँचे र मरे।

18जब येरेद 162र्बष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय।

19हनोक जन्मिएपछि येरेद 800 वर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरु छोरा-छोरीहरु भए।

20यसर्थ येरेद जम्मा 962 वर्षसम्म बाँचे।

Genesis 5 illustration - Genesis Chapter 5

21जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।

22मतूशेलह जन्मेपछि हनोक 300 वर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरु छोरा-छोरीहरु जन्मे।

23यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।

24एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

25जब मतूशेलह 186 र्बषको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो।

Genesis 5 illustration - Genesis Chapter 5

26लेमेक जन्मिएपछि मतूशेलह 682र्बष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरु पनि जन्मे।

27यसर्थ मतूशेलह 969र्बष सम्म बाँचे।

28जब लेमेक 182 वर्षको थिए उनको एउटा छोरा जन्मियो।

29उनले आफ्नो छोरोको नाउँ न्‌ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

30न्‌ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरु जन्मे।

Genesis 5 illustration - Genesis Chapter 5

31लेमेक जम्मा 777 वर्षसम्मा बाँचे।

32नूह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरु जन्मे।

Chapter Complete

You have read Genesis 5

32 verses