Lumina
Genesis

Genesis 44

Genesis 44·Nepali Bible

1तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ।

2कान्छो भाइको थैलोमा पैसा हालिदेऊ। तर उसको थैलोमा मेरो चाँदीको कचौरा पनि हालिदेऊ।” यूसुफको सेवकले उसलाई जस्तो गर्नु भनिएको थियो त्यस्तै गर्यो।

3अर्कोदिन, एका बिहानै, सबै दाज्यू-भाइहरूलाई तिनीहरूको गधा समेत फर्काई आफ्नो देशतिर पठाइयो।

4जब तिनीहरूले शहर नाघेका थिए यूसुफले आफ्नो नोकरलाई भने, “जाऊ अनि तिनीहरूलाई पछ्याऊ। तिनीहरूलाई रोकेर भन, ‘हामी तिमीहरूसित राम्रो थियौं, तर किन तिमीहरू हाम्रो निम्ति नराम्रो भयौ? मेरा मालिकको चाँदीको कचौरा किन चोर्यौ?

5मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन्। तिमीहरूले जे गर्यौ त्यो साँच्चै धेरै नराम्रो हो।”‘

Genesis 44 illustration - Genesis Chapter 44

6यसर्थ त्यस नोकरले यूसुफको आज्ञा मानी सवारमा चढेर गयो अनि ती दाज्यू-भाइहरूलाई रोक्यो। यूसुफले तिनीहरूलाई जे भन्न लगाएको थिए त्यही उसले भन्यो।

7तर ती दाज्यू-भाइहरूले त्यस नोकरलाई भने, “किन हजूरका, शासकले यी कुराहरू गर्छन्। हामीले त्यस्तो केही गर्दैनौ।

8हामीले अघिल्लो पल्ट हाम्रो बोराहरूमा जुन पैसा पाएका थियौं त्यो पनि फर्काएर ल्यायौं। यसर्थ हामीले तिम्रो मालिकको घरबाट कुनै सुन अथवा चाँदी चोरेका छैनौं।

9यदि त्यो चाँदीको कचौरा हामी मध्ये कसैको थैलामा भेटियो भने त्यो मरोस्। तिमीहरू आफैंले उसलाई मार्न सक्छौ अनि तब हामी तिमीहरूको कमारा हुनेछौं।”

10नोकरले भने, “तिमीहरूले भने झैं गर्नेछौं। तर म मानिसको हत्या गर्दिन। जुन मानिससँग म चाँदीको कचौरा भेट्छु त्यो मानिस मेरो कमारा हुनेछ, तर अरू मानिसहरू स्वतन्त्र भएर जानेछन्।”

Genesis 44 illustration - Genesis Chapter 44

11तब प्रत्येक भाइले आफ्नो थैलो छिटो-छिटो भूइँमा राखे।

12त्यस नोकरले बोराहरू निरीक्षण गर्न थाल्यो। उनले सबभन्दा जेठोबाट शुरू गरेर कान्छोसम्म निरीक्षण गर्यो। उनले बिन्यामीनको बोरामा चाँदीको कचौरा भेट्यो।

13ती दाज्यू-भाइहरू अत्यन्तै दुःखी भए। तिनीहरूले आफ्नो दुःख प्रदर्शनगर्न आफ्ना लुगाहरू च्याते। तिनीहरूले बोराहरू आफ्नो-आफ्नो गधमा चढाए र शहरतिर फर्के।

14यहूदा अनि उसका दाज्यू-भाइहरू यूसुफको घरमा गए। यूसुफ त्यतिञ्जेल त्यही थिए। ती दाज्यू-भाइहरू भूइँमा उनी अघि निहुरिए।

15यूसुफले तिनीहरूलाई भने, “तिमीहरूले किन यस्तो कुरा गर्यो? के तिमीहरूलाई थाह छैन म जस्तो मानिससित अगमवाणी गर्ने अभ्यास अनि यस्तो वस्तु पत्तो लगाउने क्षमता छ?”

Genesis 44 illustration - Genesis Chapter 44

16यहूदाले भने, “व्याख्या गर्ने कुनै बाटो छैन। हामी दोषी छैनौ भनी साबित गर्ने हामीसित कुनै सबूत नै छैन। परमेश्वरले मात्र दोषी मानिस पत्तो लगाउनु भएको छ। यसर्थ हामी दुवै अनि जसको थैलामा कचौरा भेटियो कमारा कै रूपमा सेवा गर्न तयार छौ।”

17तर यूसुफले भने, “म तिमीहरू सबैलाई कमारा बनाउँदिन। त्यही मानिस मात्र कमारा हुनेछ जसले कचौरा चोरी गरेको छ। अरू तिमीहरू शान्तिसितै आफ्ना बाबु भएको भूमिमा जान सक्छौ।”

18त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ।

19हामी अघिल्लो पाली यहाँ हुँदा तपाईंले सोधनु भयो, ‘के तिम्रो बाबु अथवा दाज्यू-भाइहरू छन्?’

20हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’

Genesis 44 illustration - Genesis Chapter 44

21तब तिमीले हामीलाई भनेका थियौ, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु।

22अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’

23तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउँने छैनौ।’

24यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उनलाई बतायौं।”

25“पछि हाम्रा बाबुले भन्नुभयो, ‘हाम्रो निम्ति तिमीहरू फेरि गएर अन्न किन।’

Genesis 44 illustration - Genesis Chapter 44

26अनि हामीले आफ्नो बाबुलाई भन्यौ, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौ। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देख्दैनन् तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’

27तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्।

28एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन।

29अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’

30अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो।

Genesis 44 illustration - Genesis Chapter 44

31यदि हाम्रा बाबुले त्यस केटोलाई हामीसित नदेखे तिनी मर्नेछन् र त्यसमा हामी दोषी हुनेछौं। हामी आफ्ना शोकाकुल बाबुलाई चिहान भित्र पठाउने छौं।”

32“त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’

33यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु।

34यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”

Chapter Complete

You have read Genesis 44

34 verses