Lumina
Genesis

Genesis 41

Genesis 41·Nepali Bible

1दुइवर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो।

2सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए।

3त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए।

4आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो।

5फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए।

Genesis 41 illustration - Genesis Chapter 41

6अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए।

7ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन बिउँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो।

8र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्।

9तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु।

10तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो।

Genesis 41 illustration - Genesis Chapter 41

11त्यसपछि एक रात उनले र मैले सपना देख्यौं। प्रत्येक सपनाको भिन्दा भिन्दै अर्थ थियो।

12हामीसित झ्यालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कप्तानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो।

13उसले जे भनेको थियो म झ्यालखानबाट मुक्त हुनेछु अनि मेरो आफ्नै नोकरी पाउनेछु, त्यो सही भयो। उनले त्यो रोटी पकाउने मानिस मर्छ भनेको थियो अनि त्यो मर्यो। यसर्थ उनले जे जे भनेको थियो सत्य भयो।”

14यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए। यूसुफले दाह्री काट्‌यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो।

15फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।”

Genesis 41 illustration - Genesis Chapter 41

16यूसूफले उत्तर दिए,“म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।“

17त्यसपछि फिरऊनले यूसुफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा अभिरहेको थिएँ।

18त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए।

19तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए।

20त्यसपछि ती दुब्ला र घिनलाग्दा गाईहरूले पहिलेका राम्रा र स्वस्थ गाईहरूलाई खाए।

Genesis 41 illustration - Genesis Chapter 41

21तर तिनीहरू अझ पनि दुब्ला र नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला र कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौ ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरूमा तिनीहरू जति कुरूप र दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसतै देखिन्थे। तब म बिउँझें।

22“मेरो फेरि अर्को सपनामा मैले एउटा अन्नको बोटमा सातवटा बालाहरू फल्दै गरेको देखें। ती सातवटा बालाहरू बाक्ला र अन्नले भरिएका थिए।

23अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए।

24त्यसपछि ती पातला बालाहरूले पहिलेको बाक्ला सातवटा बालाहरूलाई खाए। “मैले ती सपनाहरू मेरो जादूगरहरूलाई भनें तर कसैले पनि ती सपनाहरूको विषयमा व्याख्या गर्न सकेनन्। तिनीहरूको अर्थ के हुन्छ त?”यूसुफले सपनाको विषयमा व्याख्या गर्छ

25तब यूसुफले फिरऊनलाई भन्यो, “ती दुवै सपनाहरू एउटै विषयका हुन्। परमेश्वरले अब चाँडै के घट्न लागेको छ। त्यस विषयमा भनी रहनु भएको छ।

Genesis 41 illustration - Genesis Chapter 41

26दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात वर्षहरू हुन्।

27ती सातवटा बिमारी गाईहरू र सातवटा अन्नको पातला बालाहरूले यस इलाकामा सात वर्षसम्म अनिकाल लाग्छ भन्ने बोध हुन्छ। यी खराव सात वर्ष राम्रो सात वर्षपछि आउँछ।

28यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ?

29मिश्र देशमा सात वर्ष प्रचूर अन्न हुने छ।

30तर त्यसपछि फेरि सात वर्ष अनिकाल लाग्ने छ। मिश्र देशका मानिसहरूले अतीतमा कति अन्न उब्जनी गरेका थिए बिर्सनेछन्। अन्न र पानीको अभावले देश नष्ट हुने छ।

Genesis 41 illustration - Genesis Chapter 41

31त्यो अनिकाल त्यति भयंकर हुनेछ मानिसहरूले प्रशस्त खाने कुरा खाँदा कस्तो हुन्छ भूल्नेछन्।

32“हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ।

33यसैकारण, हे फिरऊन, तपाईंले यस्तो बुद्धिमान र ज्ञानी मानिस हेर्नुहोस् अनि उनलाई मिश्र देशको राज्यपाल बनाउनुहोस्।

34तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात वर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौ भाग बुझाओस्।

35तिनीहरूलाई आज्ञा दिनुहोस् जो असल वर्षहरू आउँदैछन् त्यसबेला प्रशस्त अनाजहरू जम्मा गरून्। मानिसहरूलाई घोषणा गरी दिनु होस् ती छानिएकै मानिसलाई शहरहरूमा अनाजहरू जम्मा गर्ने अधिकार होस्। तब तिनीहरूले त्यति समयसम्म अन्न बचाएर राख्नेछन् जबसम्म त्यसको आवश्यक रहन्छ।

Genesis 41 illustration - Genesis Chapter 41

36त्यो जम्मा गरिएको अन्न अनिकालको समय मिश्रमा उपयोग हुनेछ, यसर्थ मानिसहरू सात वर्ष अनिकालमा भोकले मर्ने छैनन्।”

37फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो।

38त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?”

39यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन।

40तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।”

Genesis 41 illustration - Genesis Chapter 41

41तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।”

42अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए।

43जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए।

44राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हुँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।”

45त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्‌नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ‘ओन’ शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।

Genesis 41 illustration - Genesis Chapter 41

46मिश्र देश भरी भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस वर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे।

47सहकालको सात वर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो।

48अनि तिनले ती वर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए।

49समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो।

50यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ वर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे।

Genesis 41 illustration - Genesis Chapter 41

51यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।”

52तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।”अनिकालको समय शुरू हुन्छ

53सात वर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती वर्षहरू बिते।

54अनि यूसुफको भविष्यवाणी अनुसार नै सात वर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरुमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए।

55जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।”

Genesis 41 illustration - Genesis Chapter 41

56प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो।

57प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।

Chapter Complete

You have read Genesis 41

57 verses