Lumina
Genesis

Genesis 37

Genesis 37·Nepali Bible

1याकूब रोकियो अनि कनान देशमा बस्न थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो।

2याकूबको परिवारको कथा यही हो। यूसुफ सत्र वर्षको युवक थियो। उसको काम भेडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो।

3इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो।

4यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।

5एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।

Genesis 37 illustration - Genesis Chapter 37

6यूसुफले भने, “मैले एउटा सपना देखें।

7हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।”

8यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।

9तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।”

10उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाईं विश्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।”

Genesis 37 illustration - Genesis Chapter 37

11यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?

12एक दिन यूसुफका आफ्ना दाज्यू-भाइहरू आफ्ना बाबुका भेडाहरूको हेरचाह गर्न शकेम गए।

13याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेडाहरू हेरचाह गर्दैछन्।”यूसुफले भने, “म जानेछु।”

14यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए।

15शकेममा यूसुफ हरायो। एक जना मानिसले उसलाई खेतमा हिंडिरहेको भेट्टायो। त्यस मानिसले भने, “के खोजिरहेको छस्?”

Genesis 37 illustration - Genesis Chapter 37

16यूसुफले उत्तर दियो, “म मेरा दाज्यू-भाइहरू खोज्दैछु। के तिमीले भन्न सक्छौ तिनीहरू भेडाहरूसित कहाँ छन्?”

17त्यस मानिसले भने, “तिनीहरू गईसके। तिनीहरू दोतान जाँदै गरेको कुरा मैले सुने।” यसर्थ यूसुफ उनीहरू गए तिरै गए अनि तिनीहरूलाई दोतानमा भेट्टायो।

18यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए।

19उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ।

20यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जंङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।”

Genesis 37 illustration - Genesis Chapter 37

21तर रूबेनले यूसुफलाई बचाउन चाहन्थ्यो। रूबेनले भने, “त्यसलाई हामी नमारौं।

22हामी त्यसलाई चोट नलगाई कूवामा हाल्न सक्छौं।” रूबेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो।

23जब यूसुफ आफ्नो दाज्यूहरू कहाँ पुग्यो, तिनीहरूले उसलाई एक्कासी समाते अनि उसको लामो अनि सुन्दर कोट च्यातच्यूत पारे।

24त्यसपछि तिनीहरूले उसलाई एउटा खाली सुख्खा कूवामा फ्याँकि दिए।

25जब यूसुफ कूवाभित्र थियो उसका दाज्यू-भाइहरू खान बसे। तिनीहरूले हेरे अनि एक हुल व्यापारीहरू गिलाददेखि मिश्रतिर यात्रा गर्दै गरेको देखे। तिनीहरूले ऊँटहरूमाथि धेरै प्रकारका मसला र धन-दौलत लाँदै थिए।

Genesis 37 illustration - Genesis Chapter 37

26यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारेर त्यसको मृत्यु लुकाएर के पाउँछौ?

27बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए।

28जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।

29यी सब घट्ना हुँदा रूबेन त्यहाँ आफ्नो दाज्यू-भाइहरूसित थिएन। तिनीहरूले यूसुफलाई बेचेको उनले थाहा पाएन। जब रूबेन कूवामा आयो उनले त्यहाँ यूसुफलाई देखेन। शोक प्रकट गरेर उनले आफ्नो लुगाहरू च्यात्यो।

30रूबेनले आफ्ना दाज्यू-भाइहरू भएको ठाउँमा गएर भने, “त्यो केटो कूवाँमा छैन। मैले के गर्नु?”

Genesis 37 illustration - Genesis Chapter 37

31ती दाज्यू-भाइहरूले एउटा बोका मारे अनि त्यसको रगत त्यो राम्रो लबेदामा लगाए।

32तब तिनीहरूले त्यो लबेदा आफ्नो बाबुलाई देखाए। अनि तिनीहरूले सोधे, “हामीले यो लबेदा पायौं, के यो लबेदा यूसुफको हो?”

33तिनीहरूका बुबाले कोट देखे अनि बुझे, कि यो यूसुफको कोट थियो, तिनीहरूका बुबाले भने, “हो, यो उसको कोट हो। जंङ्गली जनावरले मेरो छोरा यूसुफलाई मारेर खाएको हुनुपर्छ।”

34याकूब आफ्नो छोरोको निम्ति यति शोकाकुल भयो उसले आफ्नो लुगाहरू च्यात्यो। तब उनले आफ्नो शोक प्रकट गर्न एक खास प्रकारको लुगा लगायो। याकूबले छोरोको शोक धेरै लामो समयसम्म मनायो।

35उसका सबै छोरा-छोरीहरूले तिनलाई सान्त्वना दिने प्रयास गरे। तर याकूब कहिल्यै शोकबाट मुक्त भएन। उनले भने, “मेरो छोरोको निम्ति म नमरूञ्जनेलसम्म शोकमा रहनेछु।” यसर्थ याकूब पुत्र शोकमा परिरह्यो।

Genesis 37 illustration - Genesis Chapter 37

36ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे।

Chapter Complete

You have read Genesis 37

36 verses