Lumina
Genesis

Genesis 30

Genesis 30·Nepali Bible

1राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”

2याकूब राहेलसित साह्रै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।”

3त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

4यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे।

5बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई।

Genesis 30 illustration - Genesis Chapter 30

6राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्।

7बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई।

8राहेलले भनीन्, “मैले मेरी दिदीसित साह्रै कठिन प्रतियोगिता गर्नु पर्यो अनि अन्तमा मैले उसलाई जितें।” यसर्थ उनले त्यस छोरोको नाउँ नप्तालि राखीन्।

9लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्।

10तब जिल्पाले एउटा छोरो जन्माई।

Genesis 30 illustration - Genesis Chapter 30

11लेआले भनीन्, “म भाग्यमानी हुँ।” यसर्थ उनले छोरोको नाउँ गाद राखीन्।

12लेआकी कमारी जिल्पाले फेरि अर्को छोरो पाई।

13लेआले भनीन्, “म एकदमै खुशी छु, अब स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन्।

14गहूँको फसल काट्ने समयमा रूबेन खेतमा गए अनि विशेष प्रकारको फूलहरूपायो। उसले ती फूलहरू आफ्नी आमा लेआका लागि ल्यायो। तर राहेलले लेआलाई भनी, “तिम्रो छोरोले ल्याएको केही फूलहरू मलाई देऊ।”

15लेआले भनीन्, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिने चेष्टा गरिरहेकी छौ।”तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिम्रो छोरोले ल्याएको विशेष फूलहरू दियौ भने तिमी आज राती याकूबसित सुत्न सक्छौ।”

Genesis 30 illustration - Genesis Chapter 30

16त्यस राती याकूब खेतबाट घरमा फर्कियो। लेआले उसलाई देखिन् अनि भेट्न गइन्। उनले भनिन्, “तपाईं आज राती मसित सुत्नु पर्छ। म तपाईंसित सुत्नु पूर्ण तयार भएकी छु। मैले मेरो छोराले ल्याएको फूलहरू राहेललाई दिएकी छु।” यसर्थ याकूब त्यस राती लेआसित सुते।

17तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौं छोरो जन्माइन्।

18लेआले भनिन्, “परमेश्वरले मलाई इनाम दिनु भएकोछ कारण मैले मेरा पतिलाई आफ्नी कमारी दिएकीछु।” यसर्थ लेआले आफ्नो त्यो छोरोको नाउँ इस्साखार राखीन्।

19लेआ फेरि गर्भवती भइन् अनि छैटौं छोरो जन्माइन्।

20लेआले भनिन्, “परमेश्वरले मलाई एकदम अमूल्य उपहार दिनु भयो। अब निश्चय याकूबले मलाई ग्रहण गर्नेछन् कारण उनलाई मैले छवटा छोराहरू जन्माइदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबूलून राखीन्।

Genesis 30 illustration - Genesis Chapter 30

21पछि लेआले एउटी छोरी जन्माई अनि त्यस छोरीको नाउँ दीना राखीन्।

22त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो।

23राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।”

24यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।

25यूसुफ जन्मेपछि याकूबले लाबानलाई भन्यो, “अब मलाई आफ्नै घर फर्की जान दिनु होस्।

Genesis 30 illustration - Genesis Chapter 30

26मेरा नानीहरू र पत्नीहरू दिनु होस, तपाईंको निम्ति चौध वर्षसम्म कठोर सेवा गरेर तिनीहरूलाई पाएको हुँ। तपाईं जान्नु हुन्छ मैले तपाईंको निम्ति राम्रो सेवा गरेकोछु।”

27लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ।

28भन मैले तिमीलाई के दिनु पर्ने अनि म तिमीलाई त्यो दिनेछु।”

29याकूबले उत्तर दियो, “तिमीलाई थाहा छ मैले तिम्रो निम्ति कठोर परिश्रम गरेकोछु। मैले हेरचाह गरेकोले तिम्रा पशुहरू पनि बढेका छन् अनि यो असल भएको छ।

30म आउँदा तिमीसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”

Genesis 30 illustration - Genesis Chapter 30

31लाबानले सोध्यो, “तब मैले तिमीलाई के दिनु पर्ने?”याकूबले उत्तर दियो, “तपाईंले मलाई केही दिनु पर्दैन। मैले गरेको कामको निम्ति तपाईंले मलाई ज्याला देऊ म चाहन्छु खाली यही एउटा कुरा मलाई देऊ। म फर्केर जान्छु अनि तपाईंका भेडाहरूको हेरचाह गर्नेछु।

32तर मलाई आज तपाईंका सबै भेडाहरूको माझबाट जान देऊ अनि थोप्ले या सिंगारे प्रत्येक थुमा मलाई लान देऊ, कालो नयाँ बाख्रा अनि प्रत्येक थोप्ले अनि सिंगारे बाख्रा लान देऊ। यही मेरो ज्याला हुनेछ।

33भविष्यमा तपाईंले चाल पाउनु हुनेछ म इमानदार छु। तपाईं मेरो भेडाहरू हेर्न आउन सक्नुहुन्छ। यदि कोही भेडा अथवा बाख्रा थोप्ले अथवा सिंगारे नभए तपाईं जान्न सक्नुहुन्छ ती मैले चोरेको हो।”

34लाबानले उत्तर दिए, “तिम्रो कुरा म मान्छु। तिमीले जे भन्यौ हामी त्यही गर्नेछौ।”

35अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाख्रा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने।

Genesis 30 illustration - Genesis Chapter 30

36यसर्थ छोरो चाँहिले सबै दाग भएका भेडा बाख्राहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकूब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेडा बाख्राहरू कुनै पनि थिएन।

37यसर्थ याकूबले बदाम र पहाडी पिपलका काँचो हाँगाहरू काटेर बोक्रा ताछ्यो जसले गर्दा ती हाँगाहरूमा सेतो धर्काहरू भए।

38याकूबले ती हाँगाहरू पानी भएको ठाउँमा भेडा-बाख्राहरूको अघि राख्यो। जब पशुहरू पानी पिउन आए तब त्यहाँ तिनीहरूले प्रजनन क्रीडा पनि गरे।

39जब ती पशुहरू ती हाँगाहरूको सामुन्ने प्रजनन क्रीडामा लागे तब तिनीहरूले जो पाठाहरू जन्माए कालो, सिंगारे अनि थोप्ले थिए।

40याकूबले ती कालो, सिंगारे अनि थोप्ले पशुहरूलाई अरूबाट बेग्लै राख्यो। उनले यसरी आफ्नो पशुहरू लाबानको पशुहरूबाट बेग्लै गर्यो अनि तिनीहरूलाई लाबानको भेडा बाख्राहरूसित मिसिन दिएन।

Genesis 30 illustration - Genesis Chapter 30

41जहिले पनि कुनै स्वास्थ्य भेडाहरू प्रजनन क्रीडामा लाग्थे तब याकूबले ती दागवाला हाँगाहरू तिनीहरूको नजरअघि राखि दिन्थ्यो। ती हाँगाहरूको सामुन्ने ती भेडा बाख्राले प्रजनन् क्रीडा गर्थे।

42तर जब कमजोर भेडा बाख्राहरू प्रजनन् क्रीडामा लाग्थे तब याकूबले ती हाँगाहरू तिनीहरूको सामुन्नेमा राख्दैनथ्यो। यसरी कमजोर पशुहरूबाट जन्मेका पाठाहरू लाबानको हुन्थे। स्वास्थ्य पशुहरूबाट जन्मेका पाठाहरू सबै याकूबको हुन्थे।

43यसरी याकूब धेरै धनी भयो। उसित धेरै भेडा बाख्रा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए।विदाइको बेला याकूब भाग्छन्

Chapter Complete

You have read Genesis 30

43 verses