Lumina
Ezra

Ezra's Journey

Ezra 8·Nepali Bible

1यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।

2पीनहासका कुलकाः गेर्शोम, ईतामारका कुलबाटः दानियेल दाऊदका कुलबाटः

3शकन्याहका कुलका, हत्तूश परोशका कुलबाटः जकर्याह अनि तिनी सित सूची भएका 150 मानिसहरू थिए।

4पहत-मोआबका कुलबाटः एल्याहोएनै, जरहियाहका छोरा अनि तिनीसित 200 मानिसहरू।

5जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनी सित 300 मानिसहरू।

Ezra 8 illustration - Ezra Chapter 8

6आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनी सित 50 मानिसहरू।

7एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनी सित 70 मानिसहरू।

8शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

9योआबका कुलबाटः यहीएलका ओबदिया अनि तिनीसित 218 मानिसहरु।

10बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरु।

Ezra 8 illustration - Ezra Chapter 8

11बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरु।

12अज्गादका कुलबाटः हक्कातान छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।

13आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ:एलीपेलेत, यीएल र शमायाह तिनीहरूसित 60 मानिसहरू थिए।

14बैग्बै कुलबाटः उत्तै अनि जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।

15मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौ। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिन।

Ezra 8 illustration - Ezra Chapter 8

16यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अश्शूलाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुझकि मानिस थिए।

17अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।

18किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू।

19अनि शरेबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाई र छोराहरू।

20अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

Ezra 8 illustration - Ezra Chapter 8

21त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौ भनी उपवासको घोषणा गर्यौं।

22किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासंग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौ, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।”

23यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौ अनि उहाँले हाम्रो प्रर्थनाको उत्तर दिनु भयो।

24त्यसपछि मैले शेरेब्याह र हबिशयाह अनि तिनीहरूका भाईहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनें।

25त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।

Ezra 8 illustration - Ezra Chapter 8

26मैले तौलिएर तिनीहरूलाई 22,100 किलो ग्राम चाँदी 100 चाँदीका भाडाहरू 3,400 किलो ग्राम ओजनको, 3,400 किलोग्राम सुन

27सुनका कचौराहरू 8 1/2 किलोग्राम ओजनको,

28तब मैले ती बाह्र पूजाहारीहरूलाई भने, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए।

29यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलँदैनौं।”

30यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरू मत्तोपुर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।

Ezra 8 illustration - Ezra Chapter 8

31हामीले यरूशलेम जानका निम्ति पहिलो महिनाको बाह्रौ दिनमा अहावा नदी छोडियौ। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो।

32अनि हामी यरूशलेम आइपुग्यौ। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौ।

33चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ।

34हरेक वस्तुको संख्याद्वारा ओजन जाँच गरि अनि त्यस समयमा ठोस ओजन टिपियो।

35तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।

Ezra 8 illustration - Ezra Chapter 8

36तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।

Chapter Complete

You have read Ezra 8

36 verses