Lumina
Ezra

Ezra Comes to Jerusalem

Ezra 7·Nepali Bible

1फारसका राजा आर्टा-जारसेजको को शासनकालमा, यी कुराहरू पछि एज्रा बाबेलबाट यरूशलेममा आए। एज्रा सरायाहका छोरा, अजर्याहका छोरा, हिल्कियाहका छोरा।

2हिल्किया शल्लूमका छोरा, शल्लूम सादोकका छोरा, सादोक।

3अहीतूबका छोरा, अहीतूब अमर्याहका छोरा, अमर्याह, अजर्याहका छोरा, अजर्याह मरायोतका छोरा।

4मरायोत, जरहियाहका छोरा, जरहियाह उज्जीका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए।

5बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हारूनका छोरा थिए।

Ezra 7 illustration - Ezra Chapter 7

6एज्रा बाबेलबाट यरूशलेम आए अनि तिनी मोशाको व्यवस्थाको विषयमा राम्रो ज्ञान भएका शिक्षकथिए। जो परमप्रभु इस्राएलका परमेश्वरले इस्राएललाई दिनु भएको थियो। अनि राजाले एज्रालाई उसले चाहेका हरेक बस्तु दिए किनकि परमप्रभु उसका परमेश्वरले उसलाई सहायता गर्दै थिए।

7इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू।

8राजा आर्ट-जोरसेजको शासनको सातौ वर्षमा यरूशलेमसम्म आए।

9उनी यरूशलेममा राजाको सातौ वर्षको पाचौ महिनामा आए किनभने उनले पहिलो महिनाको पहिलो दिनमा मा नै बाबेल छाडे अनि पाँचौ महिनाको पहिलो दिनमा यरूशलेम आए किनभने उनलाई उनका परमेश्वरले सहायता गर्दैथिए।

10किनकि एज्राले स्वयंलाई परमप्रभुको शिक्षको अध्यायन गर्नमा अनि त्यसलाई व्यवहारमा परिणत गर्नमा इस्राएलमा त्यसका सम्बन्धि अध्यादेशहरू अनि कानून सिकाउनमा आफूलाई समर्पण गरेका थिए।

Ezra 7 illustration - Ezra Chapter 7

11यो पत्रको प्रतिलिपि हो, जो राजा आर्ट-जारसजले पूजाहारी लेखक अनि परमप्रभुबाट विधिका गूरू, एज्रा अनि उसका नियमहरू इस्राएललाई दिएका थिए।

12आर्ट-जारसेज, स्वर्गका परमेश्वरका राजाहरूका राजा,व्यवस्थाका विद्वान पूजाहारी एज्रा प्रतिःअभिवादन!

13अब-म यो आदेश दिंदछु कि मेरो राज्यमा कोहि पनि इस्राएलका मानिसहरू वा तिनीहरूका पूजाहारीहरू वा लेवीहरू स्वेच्छाले तिमीसित यरूशलेममा जान चाहन्छन् भने जानसक्छन्।

14तिमीलाई राजा अनि उनका सातजना सल्लाहकारहरू परमेश्वरको व्यवस्थाको विषयमा हेर्न पठाएको छु जुन चाँहि तिम्रो हात यहूदा अनि यरूशलेममाथि छ।

15तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यरूशलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका हुन साथै यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका।

Ezra 7 illustration - Ezra Chapter 7

16स्वेच्छिक अर्पणहरू सहित बाबेल प्रदेश भरि तिमीले प्राप्त गर्न सकेका सुन र चाँदीहरू लानु।

17त्यसकारण, तिमीले यो पैसाले निर्दिष्ट रूपमा साँढें, भेडा, थुमाहरू अनि अन्नवलि एवं अर्घबलि किन्नु पर्छ, अनि तिमीले ती यरूशलेममा तिम्रो परमेश्वरको मन्दिरको बेदीमा अर्पण गर्नुपर्छ।

18बाँकी रहेका सुन अनि चाँदी द्वारा तिम्रो परमेश्वर को इच्छा अनुसार तिमी अनि तिम्रा यहूदी भाइहरूका निम्ति के गर्दा राम्रो हुन्छ त्यही गर्न सक्ने छौ।

19तिम्रा परमेश्वरकको उपासनाका निम्ति तिमीलाई प्रदान गरिएका भाँडा-वर्त्तनहरू तिमीले यरूशलेमको मन्दिरमा परमेश्वरको समक्ष राख्नुपर्छ।

20अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिएका अन्य चीज-बीजहरू, जसको प्रबन्ध गर्ने जिम्मावारी तिम्रोहो तिमीले राज खजानाबाट प्रबन्ध गर्न सकनेछौ।

Ezra 7 illustration - Ezra Chapter 7

21म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिदंछु जो यूफ्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एज्राले जे भने पनि त्यसलाई पुर्ण परिश्रम सहित गर।

223400 किलो ग्राम चाँदी, 250 मूरी गहुँ, 22,000 लीटर दाखरस 22,000 लीटर भद्राक्षेको तेल अनि चाहिएजती नुन समेत पुर्णरूपले तुरून्तै दिनु।

23स्वर्गका परमेश्वरले गर्नु भएको जेसुकै आदेश पनि पुर्णरूपले तुरून्तै गर्नु। परमेश्वरको मन्दिरको निम्ति सम्पुर्ण परिश्रमले गर्नु जसमा कि परमेश्वरको क्रोध राजा अनि उनका छोराहरूका राज्य माथि पर्न नआवोस्।

24हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।

25अनि एज्रा, तिमीसित भएका तिम्रा परमेश्वरका ज्ञान अनुसार तिमीले नदीपारीको प्रदेशका मानिसहरूको न्याय गर्न न्यायकर्त्ता अनि हाकिमहरूको नियुक्ति गर्नु जसले तिम्रो परमेश्वरको व्यवस्था जान्दछन्। अनि जसले जानदैनन्, तिनीहरूलाई तिमीले सिकाउने छौ।

Ezra 7 illustration - Ezra Chapter 7

26जसले तिम्रा परमेश्वरका व्यवस्था अनि राजाका व्यवस्थाको पालन गर्देन त्यसमाथि मृत्यु वा देश निकाला वा जरिमाना कि त कारावास पुर्णरूपले पुर्ण परिश्रम द्वारा तुरून्तै न्याय गरियोस्।

27परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।

28अनि उसले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उसको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि म संग यरूशलेमसम्म जानका निम्ति इस्राएलका अगुवाहरूलाई एकत्रित गरे।

Chapter Complete

You have read Ezra 7

28 verses