Lumina
Ezra

Work Resumed

Ezra 5·Nepali Bible

1अहिले अगमवक्ता हाग्गै अनि इद्दोको छोरा जकर्याहले यहूदा अनि यरूशलेमका यहूदीहरूलाई इस्राएलका परमेश्वर-जो तिनीहरूमा थिए। परमेश्वरको नाउँमा अगम वाणी गरे।

2तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे।

3त्यसबेला यूफ्रेटिस नदि पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तात्तेनै शत्तर-बोज्नै अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधेः “यो मन्दिरको पुनःर्निर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?”

4त्यसपछि तिनीहरूलाई यो पनि भने, “ती मानिसहरूका नाउँ के, के हुन् जसले यो भवन निर्माण गरिरहेकाछन्?”

5तर परमेश्वरले यहूदीहरूका अगुवाहरूलाई हेरिरहनु भएको थियो। अनि दारालाई वृत्तान्त पठाइएको बेला तिनीहरूलाई कामगर्नबाट तिनीहरूले रोकेनन्, अनि यस सम्बन्धि एक लिखित आदेश फिर्ता पठाउँनु भयो।

Ezra 5 illustration - Ezra Chapter 5

6यो नदी पारि यूफ्रेटिस नदीको पश्चिम को प्रदेशका राज्यपाल तत्तनै अनि शत्तर-बोज्नै र तिनीहरूका सहकारिहरू, नदीपारीको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो।

7तिनीहरूले तिनलाई एक वृत्तान्त पठाए अनि त्यसमा यी कुराहरू लेखिएको थियोःराजा दारा प्रति, सम्पूर्ण अभिवादन!

8यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौ, अनि विशाल शिला खण्ड द्वारा यसको पुनःर्निर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियौ यो काम सरासरी गरिदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।

9तब हामीले यी अगुवाहरूलाई यसप्रकारले प्रश्न गर्यौं हामीले तिनीहरूलाई भन्यौ, “तिमीहरूलाई यो परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि यो भित्ताको काम पुरा गर्न कसले अनुमति दियो?”

10हामीले तिनीहरूलाई उनीहरूको नाउँहरू पनि सोध्यौ जसद्वारा हामी तपाईंलाई यो सूचित गर्न सकौंकि हामी ती मानिसहरूका अगुवाहरूको थिए नाउँ लेख्न सकौ।

Ezra 5 illustration - Ezra Chapter 5

11तिनीहरूले हामीलाई यस प्रकारले जवाफ दिएः“हामी स्वर्ग अनि पृथ्वीका परमेश्वरका सेवकहरू हौं हामीले त्यो मन्दिरको पुनःर्निर्माण गरिरहेराछौं जो धेरै वर्ष अघि बनिएको थियो जसलाई इस्राएलका एक महान राजाले निर्माण गरी पूर्ण गरेका थिए।

12किनभने हाम्रा पूर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याएका हुनाले उहाँले तिनीहरूलाई बाबेलका राजा नबूकदनेसर, चलदियनको हातमा सुम्पिनु भयो, अनि तिनले यो मन्दिरलाई तोडि दिए र बाबेलमा कैदी बनाए ती मानिसहरूलाई लगे।

13तर बाबेलका राजा कोरेस को प्रथमवर्षमा, यो परमेश्वरको मन्दिरलाई पुनःर्निर्माण गर्ने आदेश दिए।

14परमेश्वरको मन्दिरमा भएका सुन र चाँदीका भाँडा-वर्त्तन, थालहरू जो नबकदनेसरले यरूशलेमको मन्दिरबाट हटाएर बाबेलको मन्दिरमा राखेका थिए, राजा कोरेसले ती सबै बाबेलको मन्दिरबाट निकाले अनि शेशबज्जर नाउँ गरेका मानिसलाई दिए, जसलाई तिनले प्रशासक नियुक्त गरेका थिए।

15अनि कोरेसले शेशबज्जरलाई भने, “यो बस्तुहरू लैजाउ यरूशलेमको मन्दिरमा राख अनि परमेश्वरको मन्दिरको, त्यसको खास स्थानमा पुनःर्निर्माण होस्।”

Ezra 5 illustration - Ezra Chapter 5

16त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःर्निर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।”

17अब, यदि राजालाई इच्छा लाग्छ भने बाबेलको राज अभिलेखमा खोज-तलाश गरियोस कि यरूशलेममा परमेश्वरको त्यो मन्दिरको पुनःर्निर्माण गर्ने आदेश राजा कोरेसले दिएका थिए भन्ने कुरा सत्य हो कि होइन भनी हेर्नलाई अनि त्यस पछि यस विषयमा राजाले उनको इच्छा हामी कहाँ पठाउन्।

Chapter Complete

You have read Ezra 5

17 verses