Lumina
Ezra

Opposition

Ezra 4·Nepali Bible

1जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्।

2तिनीहरू यरूबाबेल, “कुलका अगुवाहरू कहाँ आए। अनि तिनीहरूलाई भने। हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौ अनि हामीहरू अश्शूरका राजा एसरहद्‌दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”

3तर यरूबाबेल येशूअ अनि इस्राएल का अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”

4यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साह पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए।

5फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।

Ezra 4 illustration - Ezra Chapter 4

6अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।

7अनि आर्ट-जारसेजसमयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमाथियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।

8उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः

9उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए।

10अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो, तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो।

Ezra 4 illustration - Ezra Chapter 4

11राजा आर्ट-जारसेज प्रति, तपाईंका सेवकहरू, नदी पारिको प्रदेशका मानिसहरू द्वारा।

12अबः राजालाई यो ज्ञानहोला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।

13अब, राजाले यो कुरा जान्न सकून कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।

14अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठायौं।

15जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरू प्रतिघात पुर्याउँछ धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।

Ezra 4 illustration - Ezra Chapter 4

16हामी राजालाई यो सूचित गर्दछौ, कि त्यो शहरको पुनःर्निर्माण भयो अनि त्यसका पर्खालहरू को निर्माण भयो भने यूफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईं को अधिकार रहने छैन।

17राजाले यो सन्देश पठाएःरहूम, उच्च आयुक्त अनि शिम्शै सचिव अनि तपाईंहरूका अन्य सरकारी मानिसहरू जो सामरियामा बस्छन् नदी पारिका अन्य प्रदेशहरू प्रतिः अभिवादन।

18अबः तिमीहरूले हामिलाई पठाएको पत्र मेरा समक्ष पढियो र अनुवाद गरियो।

19मैले एक आदेश दिए अनि खोज-तलाश गरियो तिनीहरूले यो थाहा पाए कि त्यो शहरले धेरै अधि देखि राजाहरूको विरूद्ध राजद्रोही गरेकोछ। त्यहाँ अनाज्ञाकारि राजद्रोहीहरूको उपस्थित छ।

20त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।

Ezra 4 illustration - Ezra Chapter 4

21अब, यी यहूदी मानिसहरूलाई काम रोक्नु भनि आदेश देऊ जसमा कि मैले त्यसो गर्ने आज्ञा नदिएसम्म त्यो शहरको पुनःर्निर्माण गरिनेछैन।

22यस कुरालाई नल्याइयोस्। त्यसमा सावधान रहनु जस द्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।

23रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।

24तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो वर्षनभए सम्म शुरू भएन।

Chapter Complete

You have read Ezra 4

24 verses