Lumina
Ezra

Rebuilding the Altar

Ezra 3·Nepali Bible

1जब सातौं महीना आयो अनि इस्राएलका मानिसहरू तिनीहरूको शहरहरूमा थिए, समस्त मानिसहरू यरूशलेममा एकै साथ भेला भए।

2योसादाकको छोरा येशूअ अनि तिनका संगी पूजाहारी र शालतीएलका छोरा यरूबाबेल अनि तिनका मानिसहरूले इस्राएलका परमेश्वरको बेदी पुन निर्माण गर्न शुरू गरे, जसमा कि तिनीहरूले, परमेश्वरका मानिस मोशाको निर्देशनमा लेखिए जस्तै गरी त्यसमा होमबलिहरूको बलिदान अर्पण गर्न सकुन्।

3तिनीहरूले त्यो वेदी त्यसको खास घडेरीमा निर्माण गरे किनभने तिनीहरू आफ्ना वरिपरिका मानिसहरूसित डराएका थिए। अनि तिनीहरूले त्यसमा विहान बेलुकी दुवै पटक अर्पणहरू होमबलिहरु अर्पण गरे।

4तब तिनीहरूले छाप्रो बासको चाड नियममा लेखिए अनुसार मनाए। तिनीहरूले चाडको प्रत्येक दिनको निम्ति आवश्यक अनुसार ठीक संख्यामा होमबलि अर्पण गरे।

5अनि त्यसपछि तिनीहरूले नियमित होमबलिहरू र तोकिएका दिनमा परमप्रभुका तोकिएका सबै पवित्र उत्सवका निम्ति अर्पणहरू चढाए। अनि तिनीहरूले परमप्रभुलाई स्वेच्छाले बलिदानहरू अर्पण गरे।

Ezra 3 illustration - Ezra Chapter 3

6सातौं महिनाको पहिलोदिन परमप्रभुलाई होमबलि चढाउन शुरू गरे।

7यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।

8दोस्रोवर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदबाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे।

9परमप्रभुको मन्दिर निर्माण कार्यको निरीक्षकको रूपमा काम गर्नका निम्ति 20 वर्ष अधिक उमेरका लेवीहरूलाई नियुक्त गरे। येशूअ, तिनका छोराहरू अनि तिनका दाज्यू-भाइहरू, कदमीएल अनि तिनका छोराहरू (यहूदाका सन्तानहरू) बिन्नूई होदबियाहका छोराहरू अनि नातीहरू र तिनीहरूका भाइहरू-लेवीहरूसंग परमेश्वको मन्दिरमा काम गर्नेहरूको निरक्षण गर्न सहमत भए।

10जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे।

Ezra 3 illustration - Ezra Chapter 3

11आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे किनभने, उहाँ भलो हुनुहुन्छ।

12“किनभने इस्राएलप्रति उहाँको विश्वासमय प्रेम सदा-सर्वदा रहिरहन्छ।” अनि समस्त मानिसहरू परमप्रभुको स्तुति गर्न जोडले कराए, किनभने परमप्रभुको मन्दिरको जग बसालिएको थियो। तर धेरै अगुवा पूजाहारीहरू, लेवीहरू अनि कुलका अगुवाहरू जसले अघिको मन्दिर देखेका थिए, ती रोए।

13जब तिनीहरूले यो मन्दिरको जग बसालिएको देखे। यद्यपि धेरै खुशीले जोड सँग कराए। यसर्थ कसैले पनि खुशीको कराई अनि रूवाइको आवाज छुट्याउन सकेनन्। किनभने मानिसहरूले यति साह्रो हल्ला मच्चाइरहेका थिए कि त्यो आवाज टाढा-टाढा सम्म सुनिन्थ्यो।

Chapter Complete

You have read Ezra 3

13 verses