Lumina
Ezra

Reforms

Ezra 10·Nepali Bible

1जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।

2शकन्याह, यहीएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौ। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर।

3अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौ।

4उठ, किनभने यो तिम्रो जिम्मेवारिको कुरा हो अनि हामी तिम्रोसाथ छौ। यसो गर्ने साहस गर।”

5यसर्थ एज्रा उठे र उनले पूजाहारीहरू लेवीहरू अनि इस्राएलका समस्त मानिसहरूका अगुवाहरूलाई, जे गर्ने सल्लाह भएको छ। त्यही गर्ने शपथ दिलाए। तिनीहरूले त्यसै गर्ने शपथ गरे।

Ezra 10 illustration - Ezra Chapter 10

6त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए।

7तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे।

8तीन दिन भित्रमा जो आउदैन, अधिकारी अनि धर्मगुरूको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।

9यसर्थ तीन दिन भित्र मा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौ महिनाको बिसौ दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए।

10तब पूजाहारी एज्रा उठे अनि तिनीहरूलाई भने, “विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरू अविश्वसनीय भएका छौ यसरी इस्राएलमा अपराध बढाएका छौ।

Ezra 10 illustration - Ezra Chapter 10

11यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्नीहरूबाट अलग गर।”

12सम्पुर्ण सभाले उच्च आवाजमा उत्तर दिए, “हजूर, तपाईंले भन्नु भए अनुसार हामीले गर्नु पर्छ।

13तर यहाँ धेरै मानिसहरू छन् अनि यो वर्षा ऋतु हो। यसर्थ हामी बाहिर उभिन सत्तैनौं। यो काम एक वा दुइ दिनको होइन, किन हामीले यस कुरामा महानरूपले पाप गरेका छौ।

14हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गरून् अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरू अनि त्यहाँका न्यायकर्त्ताहरू नियोजित समयमा आउन्, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हटदैन।”

15केवल असाहेलका छोरा जोनाथन अनि, टिकभाहका छोरा याजयाहले विरोध गरे। अनि मशुल्लाम, शब्बतै लेवीले तिनीहरूलाई समर्थन गरेनन्।

Ezra 10 illustration - Ezra Chapter 10

16फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एज्राले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौ महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे।

17तिनीहरूले ती सबै मानिसहरू, जसले विदेशी स्त्रीहरू विवाह गरेका थिए। व्यापार अर्को वर्षको पहिलो महिनाको पहिलो दिन सम्ममा पुरा गरे।

18विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेट्टीएःयोशादाकका छोरा येशुअको सन्तान अनि भाईकाहरूकाः मासेयाह, एलाजार, यारीब अनि गदल्याह।

19तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई तलाक दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।

20इम्मेरका कुलहरूबाटः हनानी अनि जबदियाह।

Ezra 10 illustration - Ezra Chapter 10

21हारीमका कुलहरूबाटः मासेयाह, एलियाह, शमायाह, यहीएल, र उज्जियाह।

22पशहूरका कुलहरूबाटः एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद अनि एलासा।

23लेवीहरू मध्येः योजाबाद, शिमी, केलायाह, पतहियाह, यहूदा अनि एलाजार।

24गवैयाहरू मध्येः एल्याशीब।द्वारपालहरू मध्येः शल्लूम, तेलेम अनि ऊरी।

25अनि रहेका, अन्य इस्राएली मध्येःपरोशका कुलहरूकाः सम्याह, यिज्याह, मल्किया, मिय्यामीन, एलाजार, मल्कियाह, बनायाह।

Ezra 10 illustration - Ezra Chapter 10

26एलामका कुलहरूबाटः मत्तन्याह, जकर्याह, यहीएल, अब्दी, यरेमोत अनि एलिया।

27जत्तूका कुलहरूबाटः एल्योएनै, एल्याशीव, अत्तन्याह, यरेमोत, जरबाद अनि अजीजा।

28बेबैका कुलहरूकाः यो मानिसहरू येहोहानान, हनन्याह, जब्बै अनि अत्लै।

29बानीका कुलहरूबाटः मशूल्लाम, मल्लूक, अदायाह, याशूब, शाल अनि यरेमोत।

30पहत-मोआबका कुलहरूबाटः अद्ना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बज्लेल बिन्नूई अनि मनश्शे।

Ezra 10 illustration - Ezra Chapter 10

31हारीमको कुलहरूबाट यी मानिसहरूः एलाजार, यिश्शियाह, मल्कियाह, शमायह, शिमेओन।

32बिन्यामिन, मल्लूह, अनि शमर्याह।

33हाशूमका कुलहरूबाट यी मानिसहरू मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे अनि शिमी।

34बानीका कुलहरूबाट यी मानिसहरूः मादे, अम्राम, अनि ऊएल।

35बनायाह, बेदयाह कलूही।

Ezra 10 illustration - Ezra Chapter 10

36बन्याह, मरेमोत, एल्याशीब।

37मत्तन्याह, मत्तनै अनि यास्।

38बिन्नूईको कुलहरूबाट यी मानिसहरूः

39शिमी, शेलेम्याह, नातान अनि अदाया।

40मक्नादबै, शाशै, अनि शारै।

Ezra 10 illustration - Ezra Chapter 10

41अज्रेल शेलेम्याह, शमर्याह।

42शल्लूम, अमर्याह अनि योसेफ।

43नेबोका कुलहरूबाट यी मानिसहरूः यीएल, मत्तियाह जाबाद, जीबना, इद्दै योएल अनि बनायाह।

44यी सबै मानिसहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, अनि तिनीहरू कसैको पत्नीहरूसंग छोरा-छोरीहरू थिएनन्। 

Chapter Complete

You have read Ezra 10

44 verses