Lumina
Ezekiel

Division of the Land

Ezekiel 48·Nepali Bible

1“उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ।

2यो दश्मिक अनि हमातको सीमानाहरूको बीचमा छ।

3कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्।

4उत्तरबाट दक्षिण, यो क्षेत्रको कुल समूह हुन,

5दान, आशेर, नप्ताली,

Ezekiel 48 illustration - Ezekiel Chapter 48

6मनश्शे, एप्रैम,

7रूबेन र यहूदा।

8“भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ।

9तिमीले यो भूमि परमप्रभुलाई समर्पन गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौडा हुनेछ।

10भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ।“पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौंडा, पूर्व पट्टि 10,000 हात चौडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ।

Ezekiel 48 illustration - Ezekiel Chapter 48

11यो भूमि सादोक परिवारको निम्ति हुनेछ। यी मानिसहरू मेरो पवित्र पूजाहारीको लागि छानिएका थिए। किन? किनभने तिनीहरूले त्यति बेला पनि मेरो सेवा जारी राखे, जति बेला इस्राएलका अरू मानिसहरूले मलाई छोडिसकेका थिए। सादोकको परिवारले मलाई लेवी कुल समूहको अरू मानिसहरूले जस्तै छोडेनन्।

12यो भूमिको विशेष भू-भागको विशेष भाग अत्यन्तै पवित्र हुनेछ विशेष रूपले यी पूजाहारीहरूको हुनेछ। यो लेवीहरूको सन्तानको भूमिको अर्को भाग हो।

13“पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँनेछन्। यो 25,000 हात लामो, 10,000 हात चौडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौडाई क्रमश 25,000 हात लामो अनि 10,000 हात चौडा हुनेछ।

14लेवीहरूले यो भूमिको कुनै पनि भाग न ता बेच्नेछन नता व्यापार गर्नेछन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार राख्ने छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किन? किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष हो। यो भूमिको सर्वोत्तम भाग हो।

15“भूमिको एक क्षेत्र 5,000 हात चौडा अनि 25,000 हात लामो हुनेछ, जुन पूजाहारीहरू अनि लेवीहरूलाई दिइएको भूमिबाट अतिरिक्त हुन्छ। यो भूमि शहरका पशुहरूको चर्ने ठाँउ अनि घर बनाउँनको लागि हुन्छ। साधरण मानिसहरूले यसको उपयोग गर्न सक्छन्। शहर यसको बीचमा हुन्छ।

Ezekiel 48 illustration - Ezekiel Chapter 48

16शहरको नाप यस प्रकार छ उत्तर पट्टि यो 4,500 हात हुन्छ। पूर्व पट्टि 4,500 हात हुन्छ। दक्षिण पट्टि यो 4,500 हात हुन्छ। पश्चिम पट्टि यो 4,500 हात हुन्छ।

17शहर घाँसै-घाँसको चउर हुनेछ। यो चउर 250 हात उत्तर पट्टि, 250 हात दक्षिण पट्टि हुन्छ। 250 हात पूर्व पट्टि अनि 250 हात पश्चिम पट्टि हुन्छ।

18पवित्र क्षेत्रको किनारमा जुन लम्बाई रहन्छ, त्यो 10,000 हात पूर्वमा अनि 10,000 हात पश्चिममा हुन्छ। यो भूमि पवित्र क्षेत्रको छेउमा हुन्छ। यो भूमिमा शहरको मजदूरहरूको लागि अन्न उमारिन्छ।

19शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्।

20“यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ।

Ezekiel 48 illustration - Ezekiel Chapter 48

21“यो विशेष भूमिको एक भाग देशको शासकको लागि हुन्छ। यो विशेष भूमिको क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा छ। यसको एक भाग पूजाहारीहरूको लागि, एक भाग लेवीहरूको लागि अनि एक भाग मन्दिरको लागि हुनेछ। मन्दिर यो भूमि क्षेत्रको बीचमा छ।

22शेष भूमि शासकको हुनेछ। शासकले बिन्यामीन अनि यहूदाको भूमिको बीचको भूमि पाउँछ।

23“विशेष क्षेत्रको दक्षिणमा त्यस कुल समूहको भूमि हुन्छ जुन यर्दन नदीको पूर्वमा बस्छन्।

24प्रत्येक कुल समूहले त्यस भूमिको एक हिस्सा पाउँछ,

25जुन पूर्वी सीमानाबाट महा सागर सम्म गएको छ।

Ezekiel 48 illustration - Ezekiel Chapter 48

26उत्तरबाट दक्षिण सम्म यो परिवार समूह हो बिन्यामीन,

27शिमोन, इस्साकार, जबूलून अनि गाद।

28“गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा सागर सम्म पुग्छ।

29अनि यो त्यो भूमि हो जुन तिमीहरूले इस्राएलको कुल समूहमा बाँडनेछौ। त्यो प्रत्येक इस्राएलका कुल समूहले पाउनेछन्।” परमप्रभु मेरा मालिकले यस्तो भन्नुभयो।

30“यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ।“उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ।

Ezekiel 48 illustration - Ezekiel Chapter 48

31त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका।

32“पूर्व पट्टिको शहर 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् यूसुफको मूल-ढोका, बिन्यामीनको मूल-ढोका अनि दानको मूल-ढोका।

33“दक्षिण पट्टि 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् शिमोनको मूल-ढोका, इस्साकारको मूल-ढोका अनि जवूलूनको मूल-ढोका।

34“पश्चिमको मूल-ढोका 4,500 हात लामो हुन्छ। यसमा तीनवटा मूल-ढोका हुन्छन् गादको मूल-ढोका, आशेरको मूल-ढोका अनि नप्तालीको मूल-ढोका।

35“चारैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।”

Chapter Complete

You have read Ezekiel 48

35 verses