Lumina
Ezekiel

Sacred District

Ezekiel 45·Nepali Bible

1“जब तिमीहरू पैतृक सम्पत्तिकोलागि जमीन भाग गर्छौ, त्यस समय जमीनको एक टुक्रा छुट्याऊ त्यो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौडाको होस्। त्यो जमीन पवित्र हुनेछ।

2पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौडाको एउटा खुला क्षेत्र हुनेछ।

3त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हातलामो अनि 10,000 हातचौडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ।

4“यो पवित्र भागको भूमि मन्दिरको सेवक पूजाहारीहरूको लागि हुन्छ जहाँ तिनीहरू परमेश्वरको सामुने सेवा गर्न आउँछन्। त्यो जमीन पूजाहारीहरूको घर अनि मन्दिरको लागि हुन्छ।

5दोस्रो क्षेत्र 25,000 हात लामो अनि दश हात 10,000 चौडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ।

Ezekiel 45 illustration - Ezekiel Chapter 45

6“तिमीले शहरलाई 5,000 हात चौडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ।

7पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौडाईको हुन्छ जुन चौडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ।

8यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।”

9परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्न छोड। राम्रो बन अनि असल काम गर। हाम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो।

10“मानिसहरूलाई ठग्नु बन्द गर। सही बाटो अनि नापहरूको प्रयोग गर।

Ezekiel 45 illustration - Ezekiel Chapter 45

11एपा (सूखा चीजहरूको नाप) अनि बाथ (द्रवको नाप) एकै समान हुनु पर्छ। एक बाथ अनि एपा दुवै होमरको दशांश भाग बराबर हुनुपर्छ। त्यो नाप होमरमा आधारित हुन्छ।

12एक शेकेल बीस गेराको बराबर हुनुपर्छ। एक मीना साठी शेकेलको बराबर हुनुपर्छ। यो बीस शेकेल जम्मा, पच्चीस शेकेल जम्मा पन्ध्र शेकेल बराबर हुनुपर्छ।

13“यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ एपाको छैटौं भाग गहुँको हरेक होमर छ बुशल गँहु लागि एपाको छैटौं भाग जौंको हरेक होमर

14बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ। याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ!

15दुइसय भेडाहरूबाट एउटा भेडा इस्राएलको असल पानी लगाएको र्खकबाट ल्याऊ। यो भेडा अन्नबलि, “होमबलि अनि मेलबलि मानिसहरूलाई प्रायश्चित गर्नको निम्ति प्रयोग गरिन्छ।” परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ।

Ezekiel 45 illustration - Ezekiel Chapter 45

16“देशको हरेक मानिसले इस्राएलको शासकका निम्ति यो भेटी दिन्छ।

17तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति उपयोग गरिन्छु।”

18परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “पहिलो महीनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बहर लिनुपर्छ। तिमीले यो बहरको प्रयोग मन्दिरलाई शुद्ध पार्नको निम्ति गर्नु पर्छ।

19पूजाहारीले पाप बलिबाट केही रगत लिन्छ, यसलाई मन्दिरको द्वार-स्तम्भ, वेदीको चारै कुनाको किनार अनि भित्री चोकको मूल-ढोकाको स्तम्भमा लगाउँछ।

20तिमीले यही काम महीनाको सातौं दिनमा त्यो मानिसको निम्ति गर्नेछौ जसले अन्जानमा अथवा नजानी पाप गरेकोछ। यस्तो प्रकार तिमीले मन्दिरको निम्ति प्रायश्चित गर्नेछौ।

Ezekiel 45 illustration - Ezekiel Chapter 45

21“पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखमिरी रोटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ।

22त्यस समय शासकले एउटा गोरू आफ्नोलागि तथा इस्राएलको मानिसहरूको निम्ति भेटी दिन्छ। गोरू पापबलिको निम्ति हुन्छ।

23उत्सवको सात दिनको अवधिमा शासकले निष्खोट सातवटा गोरू, सातवटा भेडाबलि चढाउँछ। यो परमप्रभुको निम्ति होमबलि हुन्छ। शासकले उत्सवको सात दिन प्रत्येक दिन एउटा बोका भेटी पापबलिको निम्ति चढाउनु पर्छ।

24शासकले प्रत्येक एउटा गोरूसँग अनि प्रत्येक एउटा भेडासित एक एपा अन्न भेटी चढाउनु पर्छ। शासकहरूले एक हीनतेल हर एपा अन्नको लागि दिनुपर्छ।

25शासकले यही कार्य झुप्रो-वासको चाड सात दिन सम्म गर्नुपर्छ। यो उत्सव सातौं महीनाको पन्ध्रौं दिनमा आरम्भ हुन्छ। यसमा पापबलि, होमबलि, अन्नबलिहरू अनि तेल बलि हुनेछ।”

Chapter Complete

You have read Ezekiel 45

25 verses