Lumina
Ezekiel

Temple Interior

Ezekiel 41·Nepali Bible

1त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो।

2प्रवेश-द्वारको दश हात चौडा थियो। त्यसको बाहिरी छेउ चारैतिर पाँच हात थियो। त्यस मानिसले बाहिरी पवित्र स्थान नाप्यो। यो चालिस हात लामो अनि बीस हात चौडा थियो।

3तब त्यो मानिस भित्र गयो अनि प्रत्येक द्वार-स्तम्भ नाप्यो। प्रत्येक द्वार-स्तम्भ दुइ हात बाक्लो थियो। प्रवेशद्वारको छ हात चौडा थियो। प्रवेशद्वारको प्रत्येक पट्टिको पर्खाल सात हात फराकिलो थियो।

4त्यसपछि त्यो मानिसले कोठाको लम्बाई नाप्यो। त्यो बीस हात लामो अनि बीस हात चौडा थियो। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ महापवित्र स्थान हो।”

5त्यसपछि त्यो मानिसले मन्दिरको पर्खाल नाप्यो। यो छ हात बाक्लो थियो। छेउको कोठा चार हात चौडा मन्दिरको चारै तिर थियो।

Ezekiel 41 illustration - Ezekiel Chapter 41

6छेउको कोठामा तीनवटा विभिन्न तला थियो। त्यो एक अर्कोमाथि थियो। हरेक तलाहरूमा तीस कोठा थियो। छेउको कोठा चारैतिरको पर्खालमा अडिएको थियो। यसकारण मन्दिरको पर्खाल स्वंय कोठाहरूमा अडाएको थिएन।

7मन्दिरको चारैतिरको जोडिएको कोठाहरू, तल्लो तला भन्दा ज्यादा फराकिलो थियो। यस्तो हुनुको करण तल्लो तलाको भन्दा मन्दिरको अन्य प्रत्येक तला सानो थियो। त्यसैले अघिल्लो कोठाहरूको सतह तल्लो कोठाहरूको भन्दा फराकिलो थियो। सब भन्दा तल्लो तलामा जाने सिँढी बीचको तलाबाट गएको थियो।

8मैले यो पनि देखें कि मन्दिरको चारैतिर जगहरू बसालिएका थिए। छेउको कोठाहरूको जग पुरा एक टाँगो अर्थात् छ हात लामो थियो।

9छेउको कोठाको बाहिरी पर्खाल पाँच हात बाक्लो थियो। त्यहाँ मन्दिरको छेउको कोठाहरूको बीचमा एउटा खुल्ला क्षेत्र थियो।

10अनि पूजाहारीको कोठाहरूको बीच खुला क्षेत्र बीस हात मन्दिरको चारै तिर थियो।

Ezekiel 41 illustration - Ezekiel Chapter 41

11छेउको कोठाहरूको दैलो आधार उठाएको आधारमा खोलिन्थ्यो एउटा दैलो उत्तर पट्टि फर्केको थियो अनि अर्को दक्षिणपट्टि फर्केको थियो। उठाएका आधारमाथि सबै छेउहरू पाँच हात चौडा थियो।

12पश्चिम पट्टिको भवनको चोकको छेउको मन्दिरको चौडा सत्तरी हात थियो। भवनको भिताको चारैतिर पाँच हात बाक्लो थियो। त्यसको लम्बाइचाहिं नब्बे हात थियो।

13त्यसपछि त्यो मानिसले मन्दिर नाप्यो। मन्दिर एक सय हात लामो थियो। भवन अनि यसको भितासँगको चोक पनि एक सय हात लामो थियो।

14मन्दिरको पूर्व अनि चोकहरूको चौडा सय हात थियो।

15त्यस मानिसले त्यो भवनको लम्बाई नाप्यो जसको चोक मन्दिरको पछि फर्केको थियो तथा जसको भिताहरू दुवैपट्टि थियो। यो एक सय हात लामो थिए।महापवित्र स्थानको भित्री कोठा अनि चोकको दलानको कोठा काठले ढाकिएको थियो।

Ezekiel 41 illustration - Ezekiel Chapter 41

16सबै झ्यालहरू अनि ठोकाहरू वरिपरि काठले मोहोरिएको थियो। ढोकाबाट मन्दिरको काठको फल्याक भूइँदेखि झ्यालहरू सम्म थियो। भित्ताको भाग देखि

17ढोकामाथि सम्म थिए। भित्री कोठादेखि बाहिरसम्म काठमा चौखट लगाएको थियो। मन्दिरकोबाटोको भित्री कोठा तथा बाहिरी कोठामा करूब स्वर्गदूत र खजूरको चित्र खोपिएको थियो।

18दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजूरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए।

19दुइवटा मध्ये एउटा खजूरको बोट तिर हेरिरहेको अनुहार मानिसहरूको जस्तो थियो। अर्को चाँहि खजूरको बोटलाई हेरिरहेको अनुहार सिंहको जस्तो थियो। मन्दिरको चारैतिर सबै यस्तै खोपिएको थियो।

20बीचको कोठाको पवित्र स्थानको सबै भित्तामा करूब स्वर्गदूतहरू तथा खजूरको बोटको चित्र खोपिएको थियो।

Ezekiel 41 illustration - Ezekiel Chapter 41

21पवित्र स्थानको द्वार-स्तम्भ वर्गाकार थियो। महापवित्र स्थानको अघाडी पट्टि केही चीज थियो।

22त्यो वेदी जस्तो काठले बनाएको थियो। यो तीन हात अल्गो अनि दुइ हात लामो थियो। यसको कुनाहरू, त्यसका आधार अनि पाटाहरू काठको थिए। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबल हो।”

23बाहिर पवित्र स्थान अनि महापवित्र स्थानको दुइपाटे द्वार थियो।

24एउटा द्वार दुइवटा सानो सानो ढोकाले बनिएको थियो। प्रत्येक द्वार साँच्चै हल्लिएको द्वार जस्तै थियो।

25बाहिरी पवित्र स्थानका ढोकामा करूब स्वर्गदूतहरू अनि खजूरको बोटको चित्र खोपेको थियो। त्यो त्यस्तै थियो जस्तो भित्तामा खोपिएको थियो। बाहिरको दलानको बाहिरी भागमा कोठाको चित्र थियो।

Ezekiel 41 illustration - Ezekiel Chapter 41

26अनि दलानको दुवैपट्टि झ्यालहरूको भित्तामा दलानको माथिल्लो छतमा तथा मन्दिरको चारैतिरको कोठामा खजूरको बोटको चित्र थियो।

Chapter Complete

You have read Ezekiel 41

26 verses