Lumina
Ezekiel

Gog Destroyed

Ezekiel 39·Nepali Bible

1“हे मानिसको छोरो! गोगको विरूद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि तूबल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिम्रो विरोधमा छु।

2म तिमीलाई समातेर फर्काई ल्याउँछ। म तिमीलाई उत्तरको डाडाँबाट ल्याउँछु। म तिमीलाई इस्राएलको पर्वतहरूको विरूद्ध युद्ध गर्नका निम्ति ल्याउँछु।

3तर म तिम्रो धनुलाई तिम्रो देब्रे हातबाट तल खसालिदिन्छु। म तिम्रो दाहिने हातबाट तिम्रो काँड तल झारिदिन्छु।

4तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जंगली पशुहरूको भोजनको रूपमा दिन्छु।

5तिमी खुल्ला मैदानमा मारिनेछौ। मैले यो भनिदिएकोछु।”‘ परमप्रभु मेरा मालिकले ती कुराहरू भन्नुभयो।

Ezekiel 39 illustration - Ezekiel Chapter 39

6परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरूद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।

7म मेरो पवित्र नाम मेरो इस्राएलका मानिसहरूलाई प्रकट गराउँछु। म मेरो पवित्र नाम मानिसहरू अघि अझ धेरै नष्ट पार्ने दिनेछैन्। राष्ट्रहरूले थाहा पाउनेछन कि म परमप्रभु हुँ। तिनीहरूले जान्नेछन् कि म इस्राएलमा एकमात्र पवित्र छु।

8त्यो समय आउने छ। यो घटने छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। “यो त्यही दिन हो, जुन दिनको विषयमा म भन्दैछु।

9“त्यस समय, इस्राएलको शहरमा बस्ने मानिसहरू ती खेतहरूमा जानेछन्। उनीहरूले शत्रुको हात-हतियारहरू जम्मा पार्नेछन् अनि जलाउनेछन्। ती सबै ढालहरू, धनु-काँडहरू अनि भालाहरू जलाउने छन्। उनीहरूले हात-हतियारहरू दाउराको रूपमा सात वर्ष सम्म प्रयोग गर्नेछन्।

10तिनीहरू मैदानबाट दाउरा जम्मा गर्दैनन् अथवा जंगलमा दाउराहरू काटन पर्नेछैन्, किनकि त्यो हात-हतियारहरू प्रयोग दाउराको रूपमा गरिनेछ। ती बहुमूल्य चीजहरू सैनिकहरूबाट खोस्नेछन् जुन तिनीहरूले चोर्न चाहन्थे। ती सैनिकहरूबाट राम्रो चीजहरू लिन्छन् जसले तिनीहरूबाट राम्रो चीजहरू लिएका थिए।” परमप्रभु मेरा मालिकले भन्नभयो।

Ezekiel 39 illustration - Ezekiel Chapter 39

11परमेश्वरले भन्नुभयो, “त्यस समय गोगलाई गाडन इस्राएलमा एउटा ठाँउ छान्नेछु। त्यो खार समुद्रको पूर्वमा यात्रीहरूको बेंसीमा गाडिनेछ। यसले यात्रीहरूको बाटो रोक्नेछ। किन? किनकि गोग अनि त्यसको सारा सेनाहरू त्यस ठाँउमा गाडिनेछन्! मानिसहरूले यसलाई ‘गोगको सेनाहरूको बेंसी भन्नेछन्।’

12इस्राएलका परिवारले तिनीहरूको भूमि शुद्ध गर्नका निम्ति सात महीना सम्म गाडने छन्।

13देशका साधारण मानिसहरूले शत्रुको सैनिकहरूलाई गाडनेछन्। इस्राएलका मानिसहरू त्यसदिन प्रसिद्ध हुनेछन् जुन दिन म आफ्नो सम्मान पाउँछु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

14परमेश्वरले भन्नुभयो, “मानिसहरूले मजदूरहरूलाई ती मरेको सैनिकहरू गाडनको निम्ति पूरा समय सम्म नोकरी दिनेछन्। यस्तो प्रकारले तिनीहरूले देशलाई पवित्र पार्नेछन्। ती मजदूरहरूले सात महीना सम्म काम गर्नेछन्। उनीहरू लाशहरू खोज्दै चारै तिर जानेछन्।

15ती मजदूरहरू चारै तिर खोज्दै घुम्नेछन्। यदि तिनीहरूले कुनै हड्डी देखे भने त्यसको छेउमा एउटा चिन्ह लगाइराख्नेछन् जब सम्म खाडल खन्ने मानिस आउँदैन गोगको सैन्यको बेंसीमा हड्डी जब सम्म गाडिदैन त्यतिञ्जेल सम्म चिह्र रहनेछ।

Ezekiel 39 illustration - Ezekiel Chapter 39

16त्यो मृतक मानिसहरूको नगर चिहान (हामोनाह) कहलाइनेछ। यस्तो प्रकारले उनीहरूले देशलाई शुद्ध पार्नेछन्।”

17परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हौ। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ।

18तिमीले शक्तिशाली सैनिकहरूको मासु खानेछौ। तिमीहरूले संसारको प्रमुखहरूको रगत पिउनेछौ। तिनीहरू तिमीहरूका निम्ति भेडाहरू अनि बोकाहरू अनि बाशानका मोटो साढेहरू जस्तै हुन्।

19तिमी जति चाहन्छौ त्यति बोसो खान सक्छौ अनि तिमीले रगत त्यसबेला सम्म पिउन सक्छौ जति बेला सम्म तिम्रो पेट भरिदैन्। तिमीले मेरो बलि खानेछौ अनि पिउनेछौ जुन मैले तिम्रा निम्ति मारे।

20मेरो टेबलमा तिमीले खानुका निम्ति अत्यन्तै ज्यादा मासु पाउनेछौ। त्यहाँ घोडा अनि रथ सवारहरू, शक्तिशाली सैनिक अनि अरू सबै लडने मानिस हुनेछन्।”‘ परमप्रभु मेरा मालिक यसो भन्नुभयो।

Ezekiel 39 illustration - Ezekiel Chapter 39

21परमेश्वरले भन्नुभयो, “म अरू राष्ट्रहरूलाई देखाउनेछु, मैले के गरें। उनीहरूले राष्ट्रलाई सम्मान गर्न शुरू गर्नेछन्। उनीहरूले मेरो शक्ति देख्नेछन जुन मैले शत्रुको विरूद्ध उपयोग गरे।

22तब त्यस दिन पछि इस्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हुँ।

23अनि राष्ट्रहरूले यो थाहा पाउनेछन् कि इस्राएलको परिवारलाई किन बन्दी जस्तै बनाएर अन्य जातिहरूमा लगें। तिनीहरूले जान्नेछन् मेरो मानिस, मेरो विरूद्धमा उठे। यसैकारण मैले उनीहरूलाई टाढो लगें। मैले तिनीहरूको शत्रुहरू तिनीहरूलाई हराउन दिएँ। यसकारण, मेरा मानिसहरू युद्धमा मारिए।

24उनीहरूले पाप गरे अनि आफैलाई अपवित्र बनाए। यसकारण मैले उनीहरूलाई त्यो कामको निम्ति दण्ड दिएँ, जुन उनीहरूले गरे। यसकारण मैले मेरो अनुहार तिनीहरूबाट लुकाए।”

25यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु।

Ezekiel 39 illustration - Ezekiel Chapter 39

26मानिसहरू आफ्नो लाज अनि मेरो विरूद्धमा सारा समय भुल्नेछन्। उनीहरू आफ्नो देशमा सुरक्षित रहनेछन्। कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन्।

27म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु।

28तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हुँ। किन? किनकि मैले तिनीहरूलाई घरबाट निकाले अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारें अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ।

29म इस्राएलको घरानामाथि मेरो आत्मा खन्याउनेछु अनि त्यसपछि, म फेरि आफ्ना मानिसहरूबाट टाढा जानेछैन।” परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।

Chapter Complete

You have read Ezekiel 39

29 verses