Lumina
Ezekiel

Against Mount Seir

Ezekiel 35·Nepali Bible

1परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2“हे मानिसको छोरो! सेइर पर्वत तिर ध्यान देऊ अनि मेरो निम्ति त्यसको विरूद्धमा केही भन।

3त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु। म तिमीलाई दण्ड दिन्छु म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु अनि तिमी खाली हुनेछौ।

4म तिम्रा शहरहरू नष्ट गरिदिन्छु, अनि तिमी खाली हुनेछौ त्यसपछि तिमीले सम्झनेछौ म नै परमप्रभु हुँ।

5किन? किनकि तिमी सधैं मेरो मानिसहरूको विरूद्ध गयौ। तिमीले इस्राएलको बिरूद्ध आफ्नो तरवारको प्रयोग तिनीहरूको विपतिको आखिरी दण्डको समयमा गर्यौ।”‘

Ezekiel 35 illustration - Ezekiel Chapter 35

6यसकारण परमप्रभु मेरा मालिक भन्नु हुन्छ, “म आफ्नो जीवनको शपथ खाएर म त्यो प्रतिज्ञा गर्छु कि म तिमीलाई रक्तपातगर्न सुम्पिदिनेछु। रगतले पछ्याउनेछ। तिमीलाई मानिसहरू मार्न घृणा लाग्दैन, यसकारण, रगत तिम्रो पछि लाग्नेछ।

7म सेइर पर्वतलाई उजाड गरिदिन्छु। म ती प्रत्येक मानिसलाई मार्छु जो त्यो शहरबाट आउँछ अनि म त्यो प्रत्येक मानिसलाई मार्नेछु जो त्यो शहरमा जाने प्रयत्न गर्छ।

8म त्यसको पर्वतहरू लाशले ढाकिदिनेछु। लाशले तिम्रो सारा पहाडहरू, तिम्रो बेंसीहरू अनि खोलाहरू ढाक्नेछ।

9म तिमीलाई सधैंको लागि खाली गरिदिन्छु। तिम्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झन्छौ कि म नै परमप्रभु हुँ।”

10तिमीले भन्यौ, “यी दुइ राष्ट्रहरू अनि देशहरू हाम्रा हुनेछन्। हामी यसलाई आफ्नो बनाउँछौ।”तर परमप्रभु त्यहाँ हुनुहुन्छ।

Ezekiel 35 illustration - Ezekiel Chapter 35

11परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “तिमीले मेरो मानिसहरूको ईष्या गर्यौ। तिमी उनीहरू प्रति क्रोधित थियौ अनि तिमीले मलाई घृणा गर्थ्यौ। यसकारण आफ्नो जीवनको शपथ खाएर म प्रतिज्ञा गर्छु कि म तिमीलाई त्यसरी नै दण्डित गर्छु जसरी तिमीले उनीहरूलाई चोट पुर्यायौ। म तिमीलाई दण्ड दिन्छु अनि आफ्नो मानिसहरूलाई सम्झिन दिन्छु कि म उनीहरूसँग छु।

12त्यसपछि तिमीले पनि सम्झनेछैनौ कि मैले तिम्रो सबै अपमानहरू सुनें। तिमीले इस्राएल पर्वतको विरूद्ध धेरै नराम्रो कुराहरू भन्यौ। तिमीले भन्यौ, ‘इस्राएल नष्ट भएर गयो! हामीहरू त्यसलाई खाने कुरा जस्तो चबाउँछौ।’

13तिमी घमण्डी थियौ। तथा मेरो विरूद्ध तिमीले कुराहरू सुन्यौ। तिमीले धेरै पल्ट भन्यौ अनि जुन तिमीले भन्यौ, त्यसको प्रत्येक शब्द मैले सुनें। हो मैले तिमीलाई सुनें।”

14परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “त्यस समय सारा पृथ्वी प्रसन्न हुन्छ, जब म तिमीलाई नष्ट पार्छु।

15तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”

Chapter Complete

You have read Ezekiel 35

15 verses