Lumina
Ezekiel

Glory Departs the Temple

Ezekiel 10·Nepali Bible

1तब मैले त्यो बटुका देखें जुन करूब स्वर्गदूतको शिरमाथि थियो। बटुका नीलमणि जस्तै स्वच्छ नीलो थियो। त्यहाँ बटुकामाथि सिंहासन जस्तो केही चीज देखिन्थ्यो।

2तब सिंहासनमा बस्ने मानिसले मिहिन सूती लुगा लगाएको मानिससित भन्नुभयो, “करूब स्वर्गदूतको मुनि रहेको पाङ्ग्राहरूको माझमा आऊ। करूब स्वर्गदूतको बीचबाट जलिरहेको कोइला हातमा लेऊ। जल्दै गरेको कोइलाहरू लैजाऊ अनि तिनीहरूलाई यरूशलेमको शहरमाथि फ्याँकिदेऊ।”मैले हेरिरहेको थिए मानिस भित्र गयो।

3जब त्यो मानिस भित्र पस्यो करूब स्वर्गदूत त्यस समय मन्दिरको दक्षिणपट्टि उभिरहेको थियो, भित्री चोक बादलले भरियो।

4तब परमप्रभुको महिमा करूब स्वर्गदूतबाट अलग भएर मन्दिरको ढोकामा गयो। बादल मन्दिरमा भरियो अनि परमप्रभुको महिमाले चोक पूरै भरियो।

5तब मैले करूब स्वर्गदूतको जोडसित पंखेटा फट्फटाएको आवाज चोकमा सुनें। चोकमा फट्फटाहट बढो जोडसित थियो। सर्वशक्तिमान परमेश्वर बोल्नु भए झैं त्यो फट्फटाहटको आवाज जोडेले सुनिन्थ्यो।

Ezekiel 10 illustration - Ezekiel Chapter 10

6परमेश्वरले मिहिन सूतीको लुगा लगाउने मानिसलाई आज्ञा दिनुभयो। परमेश्वरले उसलाई पाङ्ग्राहरूको बीचमा जाने आज्ञा दिनुभयो अनि करूब स्वर्गदूतको मुनिबाट बल्दै गरेको कोइला ल्याउन लगाउनु भयो। यसकारण ऊ पाङ्ग्राहरूको बीचमा पस्यो अनि पाङ्ग्राहरू मध्ये एउटा पाङ्ग्राको छेउमा उभियो।

7करूब स्वर्गदूतले आफ्नो हात पसारे अनि करूब स्वर्गदूतको क्षेत्रको बीचमा बल्दै गरेको अलिकति कोइला लिएर गयो। उसले त्यो कोइला त्यस मानिसको हातमा राखिदियो।

8(करूब स्वर्गदूतको पंखेटाको मुनि यस्तो चीज थियो जुन हेर्दा मानिसको हात जस्तै देखिन्थ्यो।)

9तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो।

10त्यहाँ चारवटा पाङ्ग्राहरू थिए अनि सबै पाङ्ग्राहरू एक समानका थिए। त्यो यस्तो देखिन्थ्यो कि मानौं एउटा पाङ्ग्रा अर्को पाङ्ग्राभित्र थियो।

Ezekiel 10 illustration - Ezekiel Chapter 10

11जब पाङ्ग्राहरू हिँड्थे, तिनीहरू कुनै पनि दिशामा जान सक्थे। तर तिनीहरू पछि फर्कन्दैंन थिए। तिनीहरू जति बेला हिँड्ँथे सबै एकै साथ हिँड्ँथे। त्यो त्यस दिशामा हिँड्थ्यो जता त्यसको मुख फर्केको हुन्थ्यो। पछि नहेरी तिनीहरू हिँड्थे।

12त्यसको सम्पूर्ण शरीरमा नै आँखा थियो। त्यसको पीठ, हात, त्यसको पखेटा अनि पाङ्ग्रामा आँखा थियो। हो चारै पाङ्ग्रामा आँखा थियो।

13ती पाङ्ग्राहरूलाई, “हुरूरू घुम्ने पाङ्ग्रा” भनेको मैले सुनें।

14प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो।

15तब मलाई थाहा भयो कि ती करूब स्वर्गदूत तिनीहरू नै थिए जुन मैले कबार नदीमा दर्शनमा देखेको थिँए।तब करूबहरू हावामाथि उडे।

Ezekiel 10 illustration - Ezekiel Chapter 10

16तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बदली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेटा खोलेर हावामा उडेनन्।

17यदि करूब स्वर्गदूतहरू शान्तिसँग उभिए पाङ्ग्रा पनि उभिबस्थ्यो। किन? किनकि त्यसमा प्राणीहरूको आत्माको शक्ति थियो।

18त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्‌यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो।

19त्यसपछि करूब स्वर्गदूतहरूले आफ्नो पखेटा खोलेर हावामा उडे। मैले उनलाई मन्दिर छोडदै गरेको देखें। पाङ्ग्रा उनकै साथमा गयो। त्यसपछि उनी परमप्रभुको मन्दिरको पूर्वी ढोकामा गएर बसे। इस्राएलको परमेश्वरको महिमा हावामा तिनीहरूमाथि थियो।

20त्यसपछि मैले इस्राएलको परमेश्वरको महिमाको तल प्राणीहरूको कबार नदीको दर्शनमा याद गरे अनि मैले अनुभव गरे कि त्यो प्राणी करूब स्वर्गदूत थियो।

Ezekiel 10 illustration - Ezekiel Chapter 10

21प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पंखेटा थिए। पंखेटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो।

22करूब स्वर्गदूतको त्यही चारवटा मुख थियो जुन कबार नदीको दर्शनमा प्राणीहरूको थियो अनि त्यो सिधै अघाडि त्यस दिशा तर्फ हेर्थे जुन दिशा तर्फ तिनीहरू गइरहेका हुन्थे।

Chapter Complete

You have read Ezekiel 10

22 verses