Lumina
Exodus

The First Plague: Blood

Exodus 7·Nepali Bible

1परमप्रभुले मोशालाई भन्नु, भयो, “म तिमीसंग हुनेछु, फिरऊनको अघि तिमी एकजना देवता जस्तै हुनेछौ अनि हारून तिम्रो अगमवक्ता हुनेछ।

2तिमीले प्रत्येक चीज हारूनलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउँनेछ।

3तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र

4यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु।

5तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”

Exodus 7 illustration - Exodus Chapter 7

6परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे।

7तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 वर्ष र हारून 83 वर्षका थिए।

8परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

9“फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।”

10यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।

Exodus 7 illustration - Exodus Chapter 7

11तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके।

12तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरु निली दियो।

13तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।

14तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन।

15बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ।

Exodus 7 illustration - Exodus Chapter 7

16उसलाई यसो भन, “परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यो भन्नु पठाउनु भएको छ, “मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरूभूमिमा पठाऊ।”अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।

17यसर्थ परमप्रभु भन्नुहुन्छ उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउनेछु र नदी रगतमा परिवर्तन हुनेछ।

18नदीका माछाहरू मर्नेछन् अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउनु सक्ने छैनन्।”‘

19परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”

20यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो।

Exodus 7 illustration - Exodus Chapter 7

21पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो।

22जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो।

23फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्।

24मिश्र देशका मानिसहरूले नदीको पानी खान सकेनन्। यसकारण तिनीहरू नदीको वरिपरि पिउने पानीका लागि कुवाहरू खन्न लागे।

25परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो,

Chapter Complete

You have read Exodus 7

25 verses