Lumina
Exodus

Sabbath and Tabernacle Offerings

Exodus 35·Nepali Bible

1मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।

2“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।

3विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”

4इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो।

5परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

Exodus 35 illustration - Exodus Chapter 35

6निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला,

7तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ।

8दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला।

9गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुदाउने अरू रत्नहरू ल्याऊ।

10तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुसरण गरेर सब चीजहरू बनाउनु पर्छ।

Exodus 35 illustration - Exodus Chapter 35

11पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू,

12पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ।

13टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ।

14बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ।

15धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा,

Exodus 35 illustration - Exodus Chapter 35

16होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार,

17आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो।

18चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अडाउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ।

19पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”

20तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए।

Exodus 35 illustration - Exodus Chapter 35

21तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।

22सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

23प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए।

24प्रत्येक जोसंग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसंग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए।

25प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए।

Exodus 35 illustration - Exodus Chapter 35

26ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए।

27नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए।

28मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।

29इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

30तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।)

Exodus 35 illustration - Exodus Chapter 35

31परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ।

32उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ।

33उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ।

34परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन् (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो)

35परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने) अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।

Chapter Complete

You have read Exodus 35

35 verses