Lumina
Exodus

The Altar of Incense

Exodus 30·Nepali Bible

1परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ।

2तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौडाइ एक हातको र उचाइँ दुइ हातको रहनेछ। त्यसवेदीको चार कुनामा सींङहरू हुनेछन्। यी सींङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ।

3वेदीमाथिका सबै किनारहरू अनि यसको सींङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ।

4दुइवटा सुनको मुन्द्रीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्द्रीहरूमा लौराहरू लगाइदेऊ।

5लौराहरू बबुल काठको बनाऊ अनि तिनीहरूलाई सुनले मोहोर।

Exodus 30 illustration - Exodus Chapter 30

6वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।

7“प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउन पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्।

8साँझमा पनि जति बेला तिमी बत्तीको हेर्न चाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा सर्वदा धूप जलाउनु पर्छ।

9यस वेदीमा अरू कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन।

10“वर्षमा एकपल्ट हारूनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हारूनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित गर्छन्। हारूनले वेदीको सींङहरूमा त्यो रगत चढाउनेछन। त्यो वस्तु परमप्रभुको निम्ति महा पवित्र हुनेछ।”

Exodus 30 illustration - Exodus Chapter 30

11परमप्रभुले मोशालाई भन्नुभयो,

12“इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।

13गन्ती गरिएका प्रत्येक अधिकारिक नापमा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो।

14गन्ती गरिएकोहरूमा प्रत्येक बीस वर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ।

15बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो।

Exodus 30 illustration - Exodus Chapter 30

16उद्धारको पैसा भेट हुने पालको सेवामा प्रयोग गर। यो बलिदानले इस्राएलीहरूलाई सम्झना गराउँछ तिनीहरूका जीवनको निम्ति मोल तिरिएको छ।”

17परमप्रभुले मोशालाई भन्नु भयो,

18“काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर।

19हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ।

20जब हारून अनि उसका छोराहरू भेट हुने पालभित्र पस्छन् अथवा वेदीको छेउमा आएर परमप्रभुलाई आगोद्वारा बलिदानहरू चढाउँछन्।

Exodus 30 illustration - Exodus Chapter 30

21यदि तिनीहरूले हात खुट्टा धोए भने तिनीहरू मर्ने छैनन्। यो नियम हारून र तिनका मानिसहरूको निम्ति भविष्यमा पनि सदा-सर्वदा चलिरहनेछ।”

22त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,

23“राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर्र त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ,

24अनि 500 शेकेल तेजपात ल्याऊ। एक टीन भद्राक्षको तेल पनि ल्याउनु पर्छ यी सबै चीजहरूको नाप अधिकारिक नाप अनुसार गर।

25“यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ।

Exodus 30 illustration - Exodus Chapter 30

26यो तेल भेट हुने पाल अनि करारको सन्दूकमाथि छर्क।

27अनि टेबलमाथि, सामदान सबै सामानहरूमाथि अनि सबै सामानहरू अनि धूप वेदीमाथि।

28होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल।

29यी सबै चीजहरू महा पवित्र हुनेछन्। यसलाई स्पर्श गर्ने कुनै पनि वस्तु पवित्र हुनपर्छ।

30“हारून अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्।

Exodus 30 illustration - Exodus Chapter 30

31इस्राएलीहरूलाई भन, तिमीहरूका संन्तानहरू रहुञ्जेल सदा-सर्वदा यो मेरो पवित्र अभिषेकको तेल हुनेछ।

32यो पवित्र तेललाई तिमीहरूको शरीरमा साधरण प्रकारले नदल। अरू कुनै तेल यस तरीकाले नबनाऊ। यो तेल पवित्र हो तिमीहरूको निम्ति विशेष तेल मानिनु पर्छ।

33यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”

34त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ।

35सुगन्धित धूप बनाउन यी सबै मसला मिसाऊ र जसरी सुगन्धित तेल बनाएको तरीकामा नै यो धूप पनि बनाउनु पर्छ। शुद्ध र पवित्र पार्नको निम्ति त्यसमा नुन पनि मिलाऊ।

Exodus 30 illustration - Exodus Chapter 30

36केही धूपहरू पिंदेर एकदमै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दूक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उद्धेश्यमा प्रयोग गर्नु पर्छ।

37यस प्रकारले बनाएको धूपलाई केही उद्धेश्यको निम्ति प्रयोग नगर। तिमीले यसलाई परमप्रभुको निम्ति विशेष तरिकाले प्रयोग गर्नु पर्छ।

38कोही मानिसहरूले आफ्नो निम्ति यस प्रकारको विशेष धूप बनाउन खोज्ला र उसले त्यसको सुगन्ध लिन सक्ला, तर यदि कुनै मानिसले त्यसो गरे उसलाई उसको आफन्तहरूबाट छुट्टयाउनै पर्छ।”

Chapter Complete

You have read Exodus 30

38 verses