Lumina
Exodus

Laws of Justice and Festivals

Exodus 23·Nepali Bible

1“कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूठो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत न होऊ।

2“गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।

3“मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।

4“यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।

5“यदि तिमीले देख्यौ तिम्रो शत्रुको गधा गह्रौं भारीको कारणले लड्‌यो तिमीले त्यसलाई उठाएर सहायता गर्नुपर्छ।

Exodus 23 illustration - Exodus Chapter 23

6“गरीब मानिससति न्यायालयमा अन्याय नगर।

7“कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।

8“घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।

9“विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।

10“छ वर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट।

Exodus 23 illustration - Exodus Chapter 23

11तर सातौं वर्षमा त्यो जमीन उपयोग नगरू। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।

12“छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।

13“मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।

14“प्रत्येक वर्षको तीन पल्ट तिमीहरूले मेरो निम्ति विशेष चाड आयोजना गर्नु पर्छ।

15जब तिमीहरूले अखमिरे रोटीको चाड मनाउँछौ तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नु पर्छ। त्यस समयमा तिमीहरूले अखमिरे रोटी खानेछौ। यो सात दिनसम्म यस्तै चलिरहन्छ। तिमीहरूले यसो आबीब महीनामागर्नेछौ किनभने त्यही समयमा जब तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। त्यो समयमा तिमीहरूले मेरो निम्ति एउटा भेटी ल्याउनु नै पर्छ।

Exodus 23 illustration - Exodus Chapter 23

16“जब प्रत्येक वर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौ। तिमीहरूले अन्न भित्र्याउने चाढ मनाउनु पर्छ अनि वर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउछौ त्यस समय छाप्रोवासको चाड मनाउनु पर्छ।

17यसर्थ एक वर्ष भित्र सबै मानिसहरूले परमप्रभु तिमीहरूका मालिक कहाँ तीन पल्ट आउन पर्छ।

18“जब तिमीले पशु मारेर त्यसको रगत बलि चढाउँछौ खमीर मिसाएको रोटी चढाउनु हुँदैन। अनि त्यो बलि चढाएको पशुको मासु खान्छौ भने त्यो एकै दिनमा खाई सक्नु पर्छ। अर्को दिनको निम्ति मासु नराख।

19“जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जाउ परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ।“तिमीहरूले पाठोको मासु खानु हुँदैन जसलाई त्यसकै माउको दूधमा उमालिन्छ।”परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनुमा सहायता गर्नु हुन्छ

20परमेश्वरले भन्नुभयो, “म तिम्रोअघि एकजना स्वर्गदूत पठाउँदैछु। त्यस स्वर्गदूतले तिमीहरूलाई मैले तयार पारेको ठाउँमा पुग्नमा मद्दत गर्नेछ।

Exodus 23 illustration - Exodus Chapter 23

21त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससंग छ।

22उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु।”

23“मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्बी र यबूसीहरूको को विरोद्धमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु।

24“तिनीहरूका देवताहरूलाई पूजा अथवा ढोग नगर, तिमीहरूले उनीहरूको जीवन शैली ग्रहण नगर। तिमीहरूले तिनीहरूका मूर्तिहरू अनि अ-पवित्र खाम्बाहरू चूर पारिदेऊ।

25तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु।

Exodus 23 illustration - Exodus Chapter 23

26तिमीहरू कसैको पत्नीहरू बाँझी अथवा गर्भपात हुने छैन, अनि म तिमीहरूलाई लामो जीवन दिनेछु।

27“म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मदत गर्नेछु।

28म तिमीहरूको अघि ठूलो सकंट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ।

29तर ती मानिसहरूलाई म तिम्रो भूमि एकै वर्षमा छोडन बाध्य गराउने छैन नत्र त्यो भूमि खाली हुनेछ अनि त्यहाँ जंगली जनावरहरू बढेर तिमीहरूलाई नोक्सानमा पार्नेछन।

30जबसम्म तिमीहरूको जनसंख्या प्रचूर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु।

Exodus 23 illustration - Exodus Chapter 23

31“म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरूभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ।

32तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन।

33तिनीहरूलाई तिम्रो भूमिमा बस्नै नदेऊ। यदि तिमीले तिनीहरूलाई त्यहाँ बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई जालोभारी गरी मेरो विरोधमा पाप गर्न लगाउने छन। अनि तिमीहरू तिनीहरूका देवी-देवताहरू पूज्न लाग्नेछौ।”

Chapter Complete

You have read Exodus 23

33 verses