Lumina
Exodus

The Birth of Moses

Exodus 2·Nepali Bible

1एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे।

2त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी।

3जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी।

4त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।

5जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्।

Exodus 2 illustration - Exodus Chapter 2

6राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।

7त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”

8फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।”यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।

9फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।”तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी।

10त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।

Exodus 2 illustration - Exodus Chapter 2

11जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले मोशाको एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे।

12मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।

13अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?”

14त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?”तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह पाए छ।”

15मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए।जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।

Exodus 2 illustration - Exodus Chapter 2

16त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।

17तर त्यहाँ केही भेडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बंचाए अनि पानी झिके र पशुहरूलाई दिए।

18तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”

19केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”

20यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसंगै खाओस्!”

Exodus 2 illustration - Exodus Chapter 2

21मोशा रूएलसंग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासंग मोशाको विवाह गरिदिए।

22सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

23धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।

24परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो।

25परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।

Chapter Complete

You have read Exodus 2

25 verses