Lumina
Deuteronomy

Firstfruits and Tithes

Deuteronomy 26·Nepali Bible

1“चाँडै तिमीहरू भूमिमा पस्ने छौ जो परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै छ तिमीहरूले आफ्नो नियन्त्रणमा भूमि लिनेछौ अनि त्यहाँ बसो-बास गर्नेछौ।

2परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।

3त्यहाँ तत्कालीन पूजाहारीकहाँ जाऊ अनि भन, ‘परमप्रभुले हाम्रा पिता-पुर्खाहरूलाई केही भूमि दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो र उहाँलाई सूचना दिन्छु म त्यस भूमिमा आएको छु।’

4“तब पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको अघाडी राख्नेछन्।

5तब परमप्रभु तिमीहरूका परमेश्वरको अघि तिमी भन्ने छौ, ‘मेरो पिता-पुर्खा फिरन्ते आरामी थिए। तिनी मिश्रदेशमा गएर बसो-बास गरे। जति बेला तिनी त्यहाँ गएका थिए उनको कुलमा केही मानिसहरू मात्र थिए तर मिश्रदेशमा उनको परिवार महान् अनि शक्तिशाली राष्ट्रमा परिणत भयो।

Deuteronomy 26 illustration - Deuteronomy Chapter 26

6मिश्रीहरूले हामीसित नराम्रो व्यवहार गरे अनि हामीलाई कमारा-कमारीहरू बनाए। अनि हामीलाई बलपूर्वक कठोर काम लगाए अनि अति नै कष्ट दिए।

7तब हामीले परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरी तिनीहरूको विषयमा विरोध गर्यौं। तब परमप्रभुले हाम्रो प्रार्थना सुन्नु भयो अनि हाम्रो कठोर मेहनत, दुःख कष्ट हेर्नु भयो।

8यसकारण परमप्रभुले हामीलाई उहाँको अति महान् अदभूत चिन्ह, अनि आश्चर्य अनि उहाँको महान् शक्ति अनि बल प्रयोग गरेर मिश्रबाहिर ल्याउनु भयो।

9यसकारण उहाँले हामीलाई यहाँ दूध र मह बगिरहेको भूमिमा ल्याउनु भयो।

10अब हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’“तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेश्वरअघि राखेर पूजा गर्न निहुरिनु पर्छ।

Deuteronomy 26 illustration - Deuteronomy Chapter 26

11त्यसपछि तिमीहरूले जति पनि असल चीजहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका परिवारलाई दिनु भएको छ तिमीहरूसितै बस्ने लेवीहरू र विदेशीहरूलाई पनि भाग लगाउनु पर्छ।

12“प्रत्येक तेस्रो र्बष दशांश भाग लगाउने वर्ष हो र तिमीहरूको भूमिमा बस्ने लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिनीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ।

13तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भन्नु पर्छ, ‘मैले मेरो घरबाट मेरो बालीको पवित्र अंश निकालेर लेवीहरू, विदेशीहरू र विधवा तथा टुहुरा टुहुरीहरूलाई दिएँ। तपाईंले मलाई दिनु भएको सम्पूर्ण आज्ञाहरू पालन गरेको छु र कुनै पनि आज्ञा उलंङ्घन गरेको छैन। मैले ती आज्ञाहरू बिर्सेको छैन।

14जब म दुःखमा थिएँ मैले यो बालीको अन्न खाइन म अशुद्ध थिइन जब यो अन्न बटुलें, यो अन्नबाट मैले मरेका मानिसहरूलाई पनि चढाएको छैन। मैले परमप्रभु मेरा परमेश्वर तपाईंले दिनु भएका सबै आज्ञा पालन गरें तपाईंले दिएका आज्ञाहरू सबै पालन गरेको छु।

15तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नु होस् अनि इस्राएलका मानिसहरूलाई र हामीलाई अशीर्वाद दिनुहोस्। तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेर हामीलाई दिनु भएको दूध र महले भरिएको भूमिलाई पनि आशीर्वाद दिनु होस्।’

Deuteronomy 26 illustration - Deuteronomy Chapter 26

16“आज परमप्रभु तिमीहरूका परमेश्वरले यी सब विधि र नियमहरू पालन गर्नु भनी आज्ञा तिमीहरूलाई दिनु हुनेछ। आफ्नो सम्पूर्ण हृदय र प्राणले यी सब पालन गर्न होशियार होऊ।

17आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुसरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ।

18अनि आज परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नो मानिसहरू भनी ग्रहण गर्नु भएको छ र यसको निम्ति उहाँले प्रतिज्ञा गर्नु भएको छ। परमप्रभुले तिमीहरूलाई उहाँका सबै आज्ञाहरू पालन गर्नै पर्छ भन्नु भएको छ।

19परमप्रभुले तिमीहरूको राष्ट्रलाई सबै राष्ट्रहरूभन्दा अग्लो बनाउनु हुनेछ। उहाँले तिमीहरूलाई सम्मान, प्रशंसा र सुनाम दिनु हुनेछ। अनि उहाँको प्रतिज्ञानुसार तिमीहरू उहाँका आफ्नै विशेष पवित्र मानिसहरू हुनेछौ।”

Chapter Complete

You have read Deuteronomy 26

19 verses