Lumina
Deuteronomy

Wanderings and Conquests

Deuteronomy 2·Nepali Bible

1“तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरूभूमिमा गयों। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं।

2तब परमप्रभुले मलाई भन्नुभयो, “

3यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ।

4मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस।

5तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।

Deuteronomy 2 illustration - Deuteronomy Chapter 2

6तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ।

7यो विशाल मरूभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस वर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’

8“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयों। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरूभूमितिर जाने बाटो लाग्यौं।

9“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।”‘

10विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए।

Deuteronomy 2 illustration - Deuteronomy Chapter 2

11अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे।

12पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।

13“परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं।

14जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 वर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।

15परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।

Deuteronomy 2 illustration - Deuteronomy Chapter 2

16“योद्धाहरू मरेपछि,

17परमप्रभुले मलाई भन्नुभयो,

18‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ।

19तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।”‘

20त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई ‘जमजुम्मीहरू’ भन्थे।

Deuteronomy 2 illustration - Deuteronomy Chapter 2

21तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्।

22परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्।

23कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।

24“परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडइँ गरेर त्यो भूमि अधिनमा पार।

25आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’

Deuteronomy 2 illustration - Deuteronomy Chapter 2

26“जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फतू पठाएँ। तिनीहरूले भने,

27‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौ हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं।

28हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौ। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं।

29यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिडनु देऊ।’

30“तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।

Deuteronomy 2 illustration - Deuteronomy Chapter 2

31“परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’

32“जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए।

33तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए।

34त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।

35हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों।

Deuteronomy 2 illustration - Deuteronomy Chapter 2

36त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।

37तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।

Chapter Complete

You have read Deuteronomy 2

37 verses