Lumina
Colossians

Colossians 4

Colossians 4·Nepali Bible

1मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ।ख्रीष्टि्यनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन्

2आफैलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैं परमेश्वरलाई धन्यवाद चढाऊ।

3हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँचो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किन कि म यो सत्य सिकाँउछु।

4तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ।

5अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू उपयोग गर।

Colossians 4 illustration - Colossians Chapter 4

6जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानीसित व्यवहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।

7टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक ूविश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्।

8त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौं, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु।

9ओनोसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मै हालखबर भन्नेछन्।

10अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाका छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नू।

Colossians 4 illustration - Colossians Chapter 4

11येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन्।

12येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैं तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्।

13तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु।

14डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्।

15लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अबिवादन सुनाइदिनु। हाम्रो अबिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु।

Colossians 4 illustration - Colossians Chapter 4

16यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ।

17“प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन।

18म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्। 

Chapter Complete

You have read Colossians 4

18 verses