Lumina
Amos

Restoration of Israel

Amos 9·Nepali Bible

1मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाईतरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।

2यद्यपि तिनीहरुले पत्ताल भित्र खने ता पनि तिनीहरु भएकहाँ मेरो हात पुग्नेछ अनि यदि तिनीहरु स्वर्गमा चढे पनि म तिनीहरुलाई त्यहाँबाट तल झार्नेछु।

3यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि मसर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ।

4यद्यपि तिनीहरु तिनीहरुको शत्रुको कब्जामा गए पनि म तरवारलाई आज्ञा गर्नेछु अनि त्यसले तिनीहरुलाई मार्नेछ। मैले तिनीहरुलाई नोक्सान गर्ने नै निश्चय गरेंराम्रो गर्ने होइन।”

5मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनुहुन्छ अनि त्यो भूमि पग्लन्छ। तब त्यस भूमिमा भएका सबै मानिसहरु मृतकहरुका निम्ति रूनेछन्। त्योप्रदेश मिश्रको नील नदी जस्तै माथि उर्लन्छ अनि तल झर्दछ।

Amos 9 illustration - Amos Chapter 9

6परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउँनु भयो। उहाँले आफ्नो आकाश पृथ्वीमाथि राख्नु भयो। उहाँले समुद्रको पानीलाई बोलाउँनु हुन्छ। अनि देशमाथिखन्याउनु हुन्छ। उहाँको नाउँ परमप्रभु हो।

7परमप्रभु भन्नुहुन्छ, “हे इस्राएली, तिमीहरु मेरा निम्ति कुश जस्तै हौ। मैले इस्राएललाई मिश्रबाट निकालेर ल्याएँ। मैले पलिश्तीहरुलाई करतोरबाट ल्याएँ। अनिअरामीहरुलाई कोरबाट।”

8हे परमप्रभु मेरा मालिकको! आँखाहरु पापपूर्ण राज्यमाथि छन्। परमप्रभुले भन्नुभयो, “म इस्राएललाई पृथ्वीबाट सम्पुर्ण रूपले ध्वंश पार्नेछु। तर म याकुबकोघरलाई ध्वंश गर्नेछैन।”

9हेर! वेकारका मानिसहरुलाई अलग गराउनु इस्राएलका मानिसहरुलाई चालनिमा आँटा चाले झैं हल्लाउनु म आज्ञा दिनेछु।

10मेरा मानिसहरु मध्येका पापीहरु तरवारले मारिन्छन्। तिनीहरुले भन्दैछन्, ‘हामीमा नराम्रो आउनेछैन।’ अथवा हामीलाई जित्ने छैनन्।”

Amos 9 illustration - Amos Chapter 9

11“त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरु र नष्ट भएका भवनहरु मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु।

12ताकि एदोममा बाँकी रहेका मानिसहरु र राष्ट्रहरु जो मेरो नाउँले (यहोवा) कहलाइन्छन् तिनीहरु लिनलाई परमप्रभु जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।”

13परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ। अब मानिसहरुले आफ्नो फसल काटिसकेका हुँदैनन्, हलो जोत्ने समयआइहाल्छ, मानिसहरु अहिले दाखरस निकाल्नको लागि बसका हुन्छन्, फेरि दाखको रोप्ने समय आइहाल्छ। पहाडबाट दाखरसको धारा बग्ने छ अनि त्यो पहाडबाटझर्नेछन्।

14मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरुले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरु ती शहरमा बस्नेछन्। उनीहरुले दाखबारीहरु लाउनेछन् अनि तिनीहरुले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरुले बगैंचाहरु रोप्नेछन् अनि त्यसबाट फलेको फलहरु खानेछन्।

15उनीहरुलाई उनीहरुकै जमिनमा बसाउँछु अनि उनीहरु फेरि त्यो देशबाट निकालिने छैनन्। जुन मैले उनीहरुलाई दिएँ।” परमप्रभु तिमीहरुका परमेश्वरले यी कुराहरु भन्नुभयो। 

Chapter Complete

You have read Amos 9

15 verses